मदन पुरस्कार गुठीले वि.सं. २०८२ को मदन पुरस्कार लेखक वीणा जोशीद्वारा लिखित पुस्तक 'नेवार समुदायका परम्परागत मुकुण्डोनाच'लाई र 'जगदम्बा-श्री' सम्मान वरिष्ठ गीतकार किरण खरेललाई प्रदान गर्ने निर्णय गरेको छ।
ललितपुर– वि.सं. २०८२ को प्रतिष्ठित 'मदन पुरस्कार' लेखक वीणा जोशी (राजभण्डारी) द्वारा लिखित पुस्तक 'नेवार समुदायका परम्परागत मुकुण्डोनाच (नेवा: समुदायया परम्परागत ख्वापा: प्याखं)' लाई प्रदान गर्ने निर्णय गरिएको छ। मदन पुरस्कार गुठीको आइतबार बसेको साधारण सभाले उक्त निर्णय गर्यो।
नेवार समुदायमा अभ्यासमा रहेको नाच परम्पराको सङ्कलन तथा अभिलेखीकरणमा महत्त्वपूर्ण योगदान पुर्याएबापत जोशीको पुस्तकलाई यस वर्षको मदन पुरस्कारका लागि चयन गरिएको गुठीले जनाएको छ।
यसैगरी, छ दशकदेखि नेपाली गीत लेखनमा निरन्तर समर्पित रहँदै आएका वरिष्ठ गीतकार किरण खरेललाई वि.सं. २०८२ को 'जगदम्बा-श्री' सम्मान अर्पण गर्ने निर्णय गरिएको छ।
यस वर्ष मदन पुरस्कारका लागि कुल २९८ पुस्तक प्राप्त भएका थिए। तीमध्ये 'मदन पुरस्कार श्रेष्ठ सूची २०८२' का लागि १० पुस्तक छनोटमा परेका थिए। छनोट हुने अन्य पुस्तकहरूमा केशवराज ज्ञवालीको 'अज्ञात', केशव दाहालको 'इथा', ललित विष्टको 'उत्कर्ष', रोशनकुमार झाको 'नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास', उमा सुवेदीको 'परिधि', सीमा आभासको 'महायुग', श्रवण मुकारुङको 'सलह', नवराज केसीको 'स्वस्पर्श' र नदीशको 'हिउँद' रहेका छन्।
साधारण सभाले भदौ १० गते आएको विनाशकारी बाढी-पहिरोका कारण ज्यान गुमाएका स्वदेश तथा विदेशका नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक-सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै, विपत्तिमा हराइरहेकाहरूको शीघ्र उद्धार, घाइतेहरूको उपचार तथा राहत कार्यमा खटिने सम्पूर्णमा गुठीले धन्यवाद व्यक्त गरेको छ।
२०१२ सालमा स्थापित मदन पुरस्कार पहिलोपटक वि.सं. २०१३ मा सत्यमोहन जोशी ('हाम्रो लोक संस्कृति'), चित्तरञ्जन नेपाली ('जनरल भीमसेन थापा र तत्कालीन नेपाल') र बलराम जोशी ('अधिकविभव स्थिरविद्युत् उत्पादक') लाई प्रदान गरिएको थियो। त्यस्तै, २०४५ सालमा स्थापित 'जगदम्बा-श्री' पुरस्कार पहिलोपटक स्वरसम्राट नारायणगोपाललाई अर्पण गरिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
