AnonymousUser

Logout

किरात राई समुदायले आज उँभौली पर्व मनाउँदै

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई समुदायले मनाउने उँभौली पर्व आज देशभरका भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ।

आज २५६९ औँ बुद्धजयन्ती मनाइँदै

यस दिन गुम्बा, विहार, मठ, स्तूपा र चैत्यमा बुद्धको विशेष पूजा–अर्चना, प्रार्थना, ध्यान, प्रवचनलगायत विविध कार्यक्रम गरी बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्ति अर्पण गरिन्छ।

कंगअजिमा मन्दिर परिसरबाट संकटाको मूर्ति चोरी

काठमाडौँको 'कोर' बस्तीबाटै पछिल्लो पटक फरक-फरक समयमा दुई वटा मूर्ति चोरी भएका छन्।

वैशाख कृष्ण औँसी: आमाको मुख हेर्ने पर्व मनाइँदै

वैशाख कृष्ण पक्ष औँसीको अवसरमा काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा मेला लाग्ने गरेको छ।

निसास्सिएका जैतुनका रूख, धर्मराउँदै प्यालेस्टिनी आशा

प्यालेस्टिनी अर्थतन्त्रको आधार जैतुनको रूखलाई आशा, प्रतिरोध र भूमि–सम्बन्धको शक्तिशाली प्रतीक पनि मानिन्छ। इजरायली सेनाले तिनै रूखलाई निशाना बनाउँदै आएको छ।

भक्तपुरमा सिन्दुर खेलेर मनाइयो सुथसिया जात्रा

थिमिमा मात्र मनाइने यो जात्रामा एकअर्कामा सिन्दुर दलेर धिमेलगायत स्थानीय बाजाका तालमा नाच्दै हातहातमा चिराग बालेर खट बोकी बालकुमारीमा ३२ खट ल्याएर भव्य रूपमा मनाउने परम्परा छ।

मूर्तिको पर्खाइः बुंगमतीवासी बाजा ठिक्क पारेर भोजको तयारीमा छन्

चार दशकअघि बुंगमतीको चैत्यबाट हराएका दुई वटा मूर्ति नेपाल फिर्ता आइसकेका छन्। ती मूर्ति चैत्यमै राख्ने चर्चा भएको ६ महिना भइसकेको छ, तर अझै उद्गम स्थल पुग्न सकेका छैनन्।

मल्लकालीन परिवारलाई इंगित गर्ने नवदुर्गाको ङालाकेगु जात्रा

तान्त्रिक विधिको माध्यमबाट शरीरमा देवत्व प्रतिष्ठापित गरी मनाइने जात्राले मल्लकालीन संयुक्त परिवारलाई इंगित गर्ने संस्कृतिविद् प्राडा पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिए। 

चैत शुक्ल नवमी: रामनवमी पर्व मनाइँदै

असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा राम मन्दिरहरूमा पूजापाठ गरिन्छ।

शुरू भयो सेतो मच्छिन्द्रनाथको रथयात्रा (तस्वीरहरू)

काठमाडाैँ उपत्यकामा वर्षा र सहकालका देवता मानिएका सेतो मच्छिन्द्रनाथको रथयात्रा शुरू भएको छ।

विसु पर्व नजिकिएसँगै सुदूरपश्चिममा बढ्यो चहलपहल

विसु पर्व आउनुपूर्व नै सुदूर पहाडका घर रातो माटो र कमेरो माटोले रंगिन थालेका छन्।

वासन्ती छठको व्रत र सझियाघाट मनाइँदै

साँझ व्रतालुले जलाशयमा सजाइएको घाटमा मिष्टान्न परिकार राखिएका डालीहरू हातमा उठाएर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिनेछन्। यो विधिलाई मिथिलाको बोलीचालीमा ‘सझुका अरख’ वा ‘सझियाघाट’ भन्ने गरिन्छ।

इस्लाम धर्मावलम्बीले ईद पर्व मनाउँदै

यस पर्वमा प्रेम, दानशीलता, सामाजिक सहयोग र आध्यात्मिक समर्पणको विशेष महत्त्व रहेको छ।

रामनवमीमा सार्वजनिक बिदा

यही चैत ४ गतेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो। यस्ता छन् बैठकका अन्य निर्णय।

तराई तथा मधेशमा आज होली मनाइँदै

पहाडी जिल्लामा होलीको बिहीबार सार्वजनिक बिदा दिइएको भए पनि तराईका जिल्लामा आज सार्वजनिक बिदा दिइएको छ।

पहाडी क्षेत्रमा मनाइँदै होली

काठमाडौँको वसन्तपुरमा सामूहिक रूपमा होली खेल्ने गरिन्छ। नेपाली र विदेशीसमेत वसन्तपुरको होलीमा सहभागी हुने गरेका छन्।

थकाली समुदायले मनाए तोरन्ल पर्व

फागु पूर्णिमाका बेला परे पनि तोरन्लमा रंग खेल्ने चलन पहिला नरहेको र पछिल्लो समय भने रंग पनि खेल्न थालिएको छ।

बसन्तपुरमा चीर ठड्याइएसँगै शुरू भयो होली [तस्वीरहरू]

शुक्रबार बिहान रंगीचंगी ध्वजापताकासहितको तीनखण्डे चीर ठड्याइएको हो। यससँगै काठमाडौँ उपत्यकासहित मुलुकभर औपचारिक रूपमा होली पर्व शुरू भएको मानिन्छ।

महाशिवरात्रि पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व भगवान् शिवको पूजा आराधना गरी देशभर मनाइँदै छ।

माघ शुक्ल पूर्णिमा: स्वस्थानी व्रत समापन गरिँदै

काठमाडौँ उपत्यकाको पूर्वी भेगस्थित शालिनदीमा पुस शुक्ल पूर्णिमादेखि शुरू भएको माधवनारायण व्रत पनि अश्वमेध यज्ञ गरी समापन गरिने भएको छ।