पर्यटक बढी आउने पर्यटकीय क्षेत्र ठमेल, बौद्ध, पोखरा, सौराहालगायत शहरमा क्रिसमसको रमझम बढी हुने गरेको छ।
काठमाडौँ– इसाई धर्मका संस्थापक येशु ख्रिस्टको जन्मदिनको सम्झनामा सो धर्मावलम्बीले क्रिसमस डे मनाउँदै छन्। दुई हजार २५ वर्षअघि डिसेम्बर २५ का दिन येशु ख्रिस्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो।
पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिएको भनिएका येशु ख्रिस्टले मुक्ति, प्रेम र शान्ति दिएको नेपाल ख्रिस्टियन महासंघका अध्यक्ष सिबी गहतराजले जानकारी दिए। सोही विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रूपमा मनाउने गरेको उनको भनाइ छ।
विश्वभर मनाइने क्रिसमस नेपालमा भने २०६३ सालपछि महासंघले महोत्सवका रूपमा मनाउन थालेको हो। महासंघ मूल समारोह समितिको आयोजनामा दिउँसो क्रिसमस महोत्सव २०८२ आयोजना गरिएको छ।
दिवसका अवसरमा २०६३ देखि २०७४ सालसम्म सार्वजनिक बिदा दिइएको थियो। २०७५ देखि २०७७ सालसम्म क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो। २०७८ देखि पुनः सरकारले सबैलाई सार्वजनिक बिदा दिन थालेको छ।
पछिल्लो समय मुख्य शहरका प्रमुखस्थल क्रिसमस ‘ट्रि’ले सजाउने गरिएको छ। विशेषगरी पर्यटक बढी आउने पर्यटकीय क्षेत्र ठमेल, बौद्ध, पोखरा, सौराहालगायत शहरमा क्रिसमसको रमझम बढी हुने गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
