आजको पडकाष्टमा हरि शर्मा सलमान रुश्दीको मार्मिक र शक्तिशाली आत्मकथा, नाइफ: मेडिटेसन्स् अफ्टर एन एटेम्टेड मर्डरको चर्चा लिएर आउनु भएको छ । यो किताबमा रूश्दीले २०२२ मा भएको छुरा प्रहारबाट लगभग समाप्त भएको आफ्नो जिवनको त्रासदीपूर्ण अनुभवको वर्णन गरेका छन् । यो पुस्तक अप्रिल २०२४ मा जोनाथन केपद्वारा प्रकाशित गरिएको हो ।, र यसमा उक्त भयानक दिनको पछिको समयलाई बर्णन गरिएको छ । किताबका बारेमा थप चर्चा हरि शर्मा बाट ।
यो पडकाष्टको पहिलो अंक तपाईंले सुन्न भ्याउनु भयो? त्यसमा हरि शर्माले भिन्सेन्ट बेभिन्स् को इफ वी बर्न पुस्तको चर्चा गर्नु भएको थियो ।
पडकाष्टका बारेमा थप जान्न चाहेमा इन्सटाग्रामा @kitabcharcha वा हामीलाई केहि भन्न चाहेमा kitabcharcha@gmail.com मा लेख्न सक्नुहुन्छ ।