हरि शर्मा आज चिठीको ऐतिहासिक र साहित्यिक महत्वका बारेमा चर्चा गर्दै हुनुहुन्छ। चिठी समाजको दर्पण हो। कागजमा लेखेर संवाद गर्ने परिपाटी हटिरहेको अवस्थामा जवाहरलाल नेहरूले आफ्नी छोरी इन्दिरालाई लेखेका पत्रहरू समावेश "लेटर्स फ्रम अ फादर टु हिज डटर " आजको प्रस्तुतिमा छ।
यो किताब पहिलो पटक १९२९ मा ‘अलाहाबाद ल जर्नल प्रेस’द्वारा नेहरूकै अनुरोधमा प्रकाशन भएको थियो। यस संग्रहमा सन् १९२८ को गर्मी याममा १० वर्षकी छोरीलाई नेहरूले पठाएका ३० वटा पत्रहरू समावेश छन्।