किताब चर्चा पडकास्टको यस विशेष शृंखलामा हामी भारतीय आख्यान साहित्यका तीन महत्त्वपूर्ण कृतिहरू— मुख्यमन्त्री, महाभोज, र राग दरबारी को चर्चा गर्दैछौँ। यी पुस्तकहरूले भारतीय समाज, राजनीति र प्रशासनमा देखिने शक्ति संघर्ष, भ्रष्टाचार, र सामाजिक विडम्बनाहरूलाई विभिन्न कोणबाट उजागर गर्छन्।
मुख्यमन्त्री – चाणक्य सेन | Mukhyamantri - Chanakya Sen यो उपन्यास राजनीतिक सत्ता र नेतृत्वको नैतिकतामाथि लेखिएको तीखो व्यंग्य हो। सत्ता प्राप्त गर्न सजिलो होला, तर त्यसलाई टिकाइराख्न कति गाह्रो हुन्छ? अवसरवादिता, शक्ति संघर्ष, र नेताहरूको व्यक्तिगत स्वार्थले राजनीतिलाई कहाँसम्म लैजान्छ भन्ने कुरा मुख्यमन्त्रीले चित्रण गर्छ।
अब सुन्नुहोस्, हरि शर्माबाट चाणक्य सेनद्वारा लिखित मुख्यमन्त्री किताबको चर्चा ।