AnonymousUser

Logout
SEASON 1

EP25 : Regionalism and National Unity in Nepal

आजको अंकमा हरि शर्मा फ्रेडरिक एच. गेजद्वारा लिखित पुस्तक "Regionalism and National Unity in Nepal" को चर्चा गर्दै हुनुहुन्छ। यो पुस्तकमा लेखकले नेपालको भूगोल, जातीय संरचना र राजनीतिक परिस्थितिको सन्दर्भमा राष्ट्रिय एकताका चुनौती र सम्भावनालाई उजागर गर्नुभएको छ।

यो अंक अघिल्ला दुई अंकको निरन्तरता हो। "Crisis and Sequences in Political Development" र "Nepali Politics: Retrospect and Prospect" पुस्तकहरूको सन्दर्भलाई समेट्दै, यो अंकमा हरि शर्मा फ्रेडरिक गेजको किताब र क्षेत्रीयता र राष्ट्रिय एकताका विषयमा कुरा गर्दै हुनुहुन्छ।

"Regionalism and National Unity in Nepal" ले क्षेत्रीय असन्तुलन, विकासको असमानता र राजनीतिक प्रतिनिधित्वमा रहेको विभाजनले कसरी राष्ट्रिय एकतालाई चुनौती दिन्छ भन्नेबारे विश्लेषण गर्छ।