लोकतन्त्रमा शक्ति सन्तुलन र बहुमतको शासनबीचको द्वन्द्व!
The Federalist Papers अमेरिकी लोकतन्त्रको जग बनाउन लेखिएको ऐतिहासिक दस्ताबेज हो। अलेक्जान्डर ह्यामिल्टन, जेम्स म्याडिसन र जोन जेले संविधानको रक्षा, शक्ति सन्तुलन र लोकतान्त्रिक स्थायित्वको महत्त्वबारे बहस गरेका छन्।
Federalist No. 10 – बहुमत vs अल्पसंख्यक अधिकार
१) जेम्स म्याडिसनले लोकतन्त्रमा ‘Faction’ (दल वा समूह) हरूको प्रभावबारे चर्चा गरेका छन्।
२) के बहुमतले अल्पसंख्यक अधिकारको रक्षा गर्छ? कि तानासाही प्रवृत्ति जन्माउँछ?
३) यस्तो समस्या समाधान गर्न के संघीय प्रणाली उपयुक्त हो?
Federalist No. 51 – शक्ति सन्तुलन र नियन्त्रण
१) सरकारका तीन अंग (कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका)बीच checks and balances किन आवश्यक छ?
२) कुनै पनि एक अंगले धेरै शक्ति लिएमा के लोकतन्त्र असफल हुन सक्छ?
३) आजको ध्रुवीकृत राजनीतिमा शक्ति सन्तुलनको भूमिका के हो?
लोकतन्त्रको स्थायित्वका लागि शक्ति सन्तुलन र बहुमतको शासनबीचको द्वन्द्वको उत्तर खोज्ने यो विशेष एपिसोड सुन्नुहोस्। तपाईंको विचार कमेन्टमा साझा गर्न नबिर्सनुहोस्!