छानिएका उत्कृष्ट आठ पुस्तकमध्येबाट यी दुई कृतिलाई पुरस्कार दिने घोषणा गरेको कोषले जनाएको छ।
काठमाडाैँ– पहिचान पुरस्कार कोषले २०७९ सालको ‘पहिचान पुरस्कार’ प्रकाश गुरागाईंको कृति ‘जङ्क्सन पिपलबोट (नयाँ सडकको कथा)’ र प्रगति राईको उपन्यास ‘थाङ्ग्रा’लाई संयुक्तरूपमा प्रदान गर्ने भएको छ।
मंगलबार बसेको कोषको बैठकले जुरीबाट आएको निर्णयलाई आधार मानि उत्कृष्ट आठ पुस्तकमध्येबाट दुईवटा कृतिलाई पुरस्कार दिने घोषणा गरेको कोषले जनाएको छ। यस पुरस्कारको राशि ४ लाख रुपैयाँ रहेको छ।
लामो समयबाट महिलाको लागि वंश अधिकार र पहिचानको विषयलाई लिएर निरन्तर लेख्दै आइरहेको नाम हो, ‘प्रगती राई’। उनले आफ्नो कृति थाङ्ग्रामा जातीय छुवाछुत, महिलाको लागि वंश अधिकार र पहिचानको आवाजलाई बुलन्द उठाएकी छन्।
यस्तै, उन्मुक्त पुस्ता आन्दोलनको अभियन्तामध्येको एउटा नाम हो, ‘प्रकाश गुरागाईं’। पहिचानसम्बन्धी लेखन र पत्रकारितालाई सँगसँगै बोकेर हिँडिरहेका गुरागाईं अहिले उकालो मिडियामा आबद्ध छन्। जङ्क्सन पिपलबोटले ६०–७० वर्षअघिको साहित्यको इतिहासलाई खोतलेको छ। उनले राजनीतिक इतिहासलाई पनि यस कृतिमा केही मात्रामा समेटेका छन्।
२०८१ साल बैशाख २२ गते भोजपुरको टेम्के मैयुङ गाउँपालीका–४ मा पर्ने सुन्दर डाँडा चखियामा पुरस्कार वितरण गरिने कोषले जनाएको छ। गतसाल पनि चखियामा नै पुरस्कार प्रदान गरिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
