पहिले १४ प्रान्त रहेको भारतमा आज ३० वटा छन्। यसको अर्थ भारत अहिले पनि आफ्नो संघीयताको आकारप्रकार र नामकरण मिलाइरहेको छ। अझै पनि सो विषय ‘सेटल’ भइसकेको छैन।
'संवैधानिक सभाको चुनाव गराउँछु' भनेर जनतासँग वाचा गरेका त्रिभुवनले अन्ततः धोका दिए। जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालालाई तीन चार महिनासम्म महेन्द्रले सत्ता दिनै मानेनन्।
मध्य पहाडमा ७० वर्षयता 'तराईमा बस्ने जेजति छन्, ती सबै भारतीय हुन्' भन्ने झुटको कथा राजा महेन्द्रले पढाउन शुरू गराए। राजावादी र कम्युनिस्टहरूले पछि यसको संयुक्त रूपमा 'मार्केटिङ' गर्न थाले।