कोही आएर तपाईंलाई विभाजनका निम्ति उक्साइरहेको छ भने प्रश्न गर्नुहोस्, उसलाई र आफैँलाई पनि। राष्ट्रलाई 'विभाजित हामी' होइन 'एकीकृत हामी'को खाँचो छ। आउनुस्, विभाजनलाई परास्त गरौँ।
अब हामीलाई अलमलिने छुट छैन। आफ्नो प्राथमिकतामा स्पष्ट बनौँ। नीति निर्माण कि विकास भन्ने प्रश्नमा अलमलिने होइन, नीति निर्माण नै विकास हो भन्ने कुरा नागरिकलाई बुझाऔँ।
किसान या कृषिसम्बन्धी विधेयकबारे गाउँघरका चौतारीमै बसेर किसानहरूसँग छलफल चलाउन सकिन्छ। नयाँ विश्वविद्यालयसम्बन्धी विधेयक टेबल गर्दा विद्यार्थी, प्राध्यापक र सरोकारवालाहरूसँग छलफल गर्न मिल्छ।
हरेक पार्टीका शीर्ष नेता र हरेक राजनीतिज्ञले सोच्नुपर्छ– मेरो विरासत के हो?