अमेरिका, फ्रान्स, बेल्जियम, जर्मनी र इटलीलगायत आर्थिक सहयोग र विकास संगठनका देशमा ‘पर्फमिङ बजेटिङ'को अभ्यास हुन्छ। कार्यान्वयन नभएका कार्यक्रम खारेज गरिन्छ, भएकालाई अघि बढाइन्छ।
नेपालको अर्थतन्त्र चलायमान राख्न मध्यपूर्वको मरुभूमि र मलेसियाको जंगलमा परिश्रम गर्ने हाम्रा पुरुष र महिलाहरूलाई सबैले कृतज्ञता र धन्यवाद व्यक्त गर्नुपर्छ।