झन्डै एक वर्षपछि म आज यस स्पेसमा आएको एक मात्र कारण यही हो कि १०–१२ जनामाझ भए पनि यी महान् शान्तिदूत कमरेडलाई नोबेल शान्ति पुरस्कार दिने महत्त्वपूर्ण प्रस्ताव सदनको यही कुनामा बसिबसी साझा गर्न सकौँ।
संसद् भन्ने ठाउँ अचम्मको हुँदो रहेछ। नयाँ सांसद निर्वाचित भएको आठ–नौ महिना भयो, दुइटा अधिवेशन सकिए, कानून भने जम्मा दुइटा बनाए छन्।
कुरोग्राफर थाहा भएको अर्को कुरा के हो भने उत्तर–उत्तर आधुनिक नेपालको इतिहासमा जब–जब शेरबहादुर देउवाको नाम आउँछ, तब–तब ओलीको नाम नआउने कुरै हुँदैन।
यी बाह्र-सत्ताइस चिन्ताको भारी बिसाउँदै कुरोग्राफर दुनियाँको यो कुनामा पर्ने सिनामंगलदेखि बालुवाटारको रेकी गर्न हिँड्यो। तपाईंहरू आफ्नै हिसाबले आफ्नो वा साथीभाइको ब्रेक-शु खोतल्दै गर्नुहोला।
बर्सेनि दोहोरिने प्राकृतिक विपत्तिको पूर्वतयारी गरेर क्षति न्यूनीकरण गर्नभन्दा घटनापछि हात–खुट्टा फ्याल्दै हिँड्ने सरकारी रवैया एउटा नसुल्झिने कोनन्ड्रम बनिसकेको छ।
जानेबुझेका मान्छेले समाज जस्तो त्यस्तै नेता पाइन्छ भन्थे, होइन रहेछ! हाम्रो समाजले पुष्पकमल दाहालजस्तो नेता डिजर्भ गर्दैन, हामी त्यति विकसित, त्यति लायक भइसकेकै रहेनछौँ।
आश्चर्य त तब भयो जब जलहरी राख्ने क्रममा सुनमा मिसावट गरेर भ्रष्टाचार भएको हुनसक्ने भनेर हालसालै जलहरी निकालेर पुनः तौलिने क्रममा त्यसउपर कुँदिएको दर्जन बढी नामहरूबारे विवरण अगाडि आयो।
हुन त, प्रधानमन्त्रीले नै कानूनी प्रक्रियाको मजाक बनाइरहेको बेला, वर्तमान इतिहासकै सबैभन्दा 'लोकप्रिय' मेयरले देखासिकी गर्दा के टाउको दुखाइरहनु?
वर्षा र मोबाइलले ल्याएको खुशीमाझ आज तपाईंहरूका लागि हप्ताभरि नै सर्वाधिक चर्चा गरिएका खबर संक्षेपमा ल्याएको छु– तीमध्ये एक मन प्रफुल्लित गराउने सुसमाचार र एउटा मूड अफ गराउने कुसमाचार छन्।
संसद्मा पछिल्लो समय भएका गतिविधि नियालौँ। हाम्रो सदन नीति नियममाथि छलफल गर्ने, सार्वजनिक महत्त्वका विषय उठान गर्ने थलोभन्दा माध्यमिक तहको वादविवाद प्रतियोगिता चलाउने फोरम प्रतीत हुन्छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालको अस्तित्वभित्र बाँकी रहेको ‘क्रान्तिकारी रोमाञ्चकता’को कुनै छुटेको अंश, कुनै सानो अवशेष, कुनै माइक्रोस्कोपिक इन्चको १०८ रुद्राक्षसँगै अन्ततः विसर्जन भएको छ।
राजनीतिमै यति धेरै रोचक घटना-परिघटना घटिरहेका र जनता आनन्दित, प्रफुल्लित भइरहेका हुँदा यस बुलेटिनमा छुट्टै मनोरन्जन विधाको सामग्री समावेश गरिएको छैन।
प्रमलाई कुरोग्राफरको प्रश्न– '३ दलका शीर्ष नेताहरूको लगालग बैठक चलिरहेका छन्। आपसमा मिलेर 'भीआईपी' पर्सन्स अफ इन्ट्रेस्टलाई बचाउन, फसिसकेकालाई अझै फसाएर मुद्दा रफादफा गर्नतिर लागेको भन्न थालिएको नि?'
पृष्ठभूमि र ढाँचा फरक भए पनि लोकल राजनीतिमा जीएम–केपी–जीपी पछि स्मरणयोग्य ट्रोइका भनेकै ओली–देउवा–दाहाल हो। आफ्नो कुरा मनाउन जुनसुकै हदसम्म जानसक्ने उनीहरू रेसिलियन्सका अनुपम उदाहरण हुन्।
नक्कली शरणार्थी प्रकरण तीन जना प्रधानमन्त्रीको कार्यकालसम्म फैलिएको देखिन्छ– के देउवा, ओली र दाहाल यसबारे अनभिज्ञ थिए? यति ठूलो नेक्सस प्रधानमन्त्रीको जानकारीबिना सञ्चालित हुन सम्भव थियो?
बालेन भर्सेस बालेनको उल्झनबाट अगि बढ्ने, कि 'गजब दनक दियो' भन्नेहरूको काँधबाट बन्दुक चलाइरहने उनकै हातमा छ।
एकथरी मान्छेहरू चाङ लागेको समस्याको समाधान खोज्दै हुन्छन्। अर्कोथरी तिनै मान्छेलाई खोजी–खोजी तिनकै समस्या बेच्छन्, केही थान सपना त्यसमै थपेर। मान्छे उनका कुरामा बहकिन्छन्, चिप्लिन्छन्, चुन्छन्।
लोकतान्त्रिक राजनीतिको स्पेसमा हालीमुहाली चलाउँदै आएको नेपाली कांग्रेस र अहिले उसलाई चुनौती दिइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी गौण भएका छन्, गगन र स्वर्णिम प्रधान।
हल्ला मच्चाउनेहरूको अर्को श्रीपेच भेरियन्ट पनि भेटिन्छ। उमेर ढल्किँदै गए पनि हिजोआज यो किसिमको भेरियन्टरको महत्त्वकांक्षा बढेको बढ्यै छ, सगरमाथाको उचाइ छेक्ने गरी बढ्दो छ।
नेपाल यस्तै हुनुपर्छ भन्ने होइन। मिल्दोजुल्दो पद्धति भन्दै खराब अभ्यासको दुरुस्तै नक्कल गर्ने, उस्तै परे रकेट उडाइदिने, तर प्रणालीगत सुधार, थिति बसाल्ने काममा देखासिकी पटक्कै नगर्ने त अल्लि मिलेन नि!