पुनर्जन्म हुन्थ्यो, ईश्वर हुन्थे र प्रार्थना (पुकार) को शक्ति हुन्थ्यो भने अर्बौँ वर्षसम्म म ईश्वरसँग पुकारा गरिरहन्थेँ–मेरा ती वनजंगल र गोठका प्यारा साथीहरू फेरि भेटाइदेऊ।
क्षितिजलाई टिकाको दिन शहरै बन्द होला भन्ने पूर्वाभास थिएन। घट्टेकुलोबाट निस्केर रत्नपार्क आसपास फेरो लगाउँदा उनी थाके, खाना खाने ठाउँ भेट्टाएनन्।
सञ्चार माध्यमको अभावमा अफवाह फैलिएर मान्छे गलत सूचनाका शिकार हुन्थे पहिले। सामाजिक सञ्जालबाट भ्युज बटुलेर धन्दा गर्नेहरूका कारण जनमानस व्यापक रूपमा गलत सूचनाका शिकार भइरहेका छन्।
ढुंगामाटो हटाएझैँ शहरबाट केही हप्तामै लाखौँ कुकुर हटाउन अदालत आदेश दिन्छ। त्यस्तो आदेश दिने देश/समाजका धेरै मान्छे पशुपंक्षीलाई ढुंगामाटोझैँ नै ठान्छन्।
महिलाले राजतन्त्रको माग गरेको देख्दा पशुपन्छीले सिकारी या बगरेको माग गरेझैँ प्रतीत हुँदो रहेछ। किन पनि त्यस्तो लाग्छ भने राजतन्त्र संरचनागत रूपमा नै भाले प्रणाली हो।
नेपालमा मात्रै नभई संसारभर नै धेरैजसो श्रमिक र किसान ऐतिहासिक रूपमा उत्पीडित देश, क्षेत्र र समुदायबाट आउँछन्, जसरी अमेरिकामा जमाइकाबाट ‘बफलो सोल्जर’ (भैँसी गोठाला)हरू आए।
भैरव रिसाल स्वयं भन्ने गर्नुहुन्थ्यो—उमेर त एउटा अंक न हो, गणना मात्रै। तनमा बूढो देखिएर केही हुन्न, मन–बचन–कर्ममा बूढो बन्नुहुन्न।
मेरै कुरा गर्नुस् न, केही साल पहिले सर्वप्रचण्ड खेलाएँ, त्यसपछि सर्वखड्गधारी। अहिले सर्वज्ञानेश्वर मेरै निगाहमा शीतल खाइरहनु भएको छ।
अमेरिकन लेखक मार्क ट्वेनले ‘सत्यले आफ्नो जुत्ता लगाउँदै गर्दा झुटले आधा संसार घुमिसक्छ’ भनेका थिए रे! घृणा र हिंसा पनि त्यस्तै हो।
सवारीबाट ओर्लने बित्तिकै विशेष मनुवालाई पिर्के नै भए पनि सलामी चाहियो। अद्वितीय मानवका लागि अन्य औसत अतिथिभन्दा घच्याक्क परेको पीत-सिंहासनमा विशेष गद्दा चाहियो।
कुट्नकै लागि कहलिएका मास्टरको उपस्थितिले कक्षा नै थुरुरु हुन्थ्यो। डाँडापारिबाट ‘कुटुवा शिक्षक’ आइरहेको देख्दा चौरमा भएका विद्यार्थी गुटुटु कक्षाभित्र पसेर किताब निकाल्थे।
पशुको वध गर्दा यदि उनीहरू चिच्याउँथेनन् या कहालिन्थेनन्, अन्य आम तरकारी-सागपातझैँ चुप रहन्थे भने सम्भवतः मांसभोजन र बलिबारे युगौँयता यति धेरै चर्चा र असहमति सुनिन्थेनन्।
कसले के खानुहुन्छ, खानुहुन्न, पढ्नुहुन्छ, पढ्नुहुन्न, पढाउनुहुन्छ, पढाउनुहुन्न, कसले कस्तो नाम राख्नुहुन्छ र हुन्न भन्दै विकसित भएको अभ्यास निन्दनीय हो।
व्यापक आप्रवासनको यस युगमा माइला–माइलीहरू लामो ‘माइलेज’को यात्रामा छन्। उनीहरूको रोकिने छाँट छैन। हामीहरू नै रोकिएका छौँ र?
चाखलाग्दो के छ भने भर्खरै ‘टिनेज’ कटेका ती युवकले आफ्नै आमाका अघि निर्धक्क घरमा केटी साथीहरू निम्त्याउने र ‘गुप्तवास’समेत बस्ने गरेको उनकै सहपाठीहरूले बताए।
नक्कली पात्रहरू खडा गर्दै ‘मेरो त स्वाट्टै कपाल उम्रियो, फुलेको कपाल कालै भयो’ भन्दै जादूगरी तेल/सेम्पुको कपटपूर्ण प्रचार गर्दा पनि सर्वसाधारणहरू पत्याउँछन्।
धेरैजसो डढेलो मानवीय गतिविधिबाटै लाग्ने गर्छ। स्थानीय आफैँले जंगलमा आगो झोस्ने गरेका छन्। फोहोर डढाउने र जंगलमा आगो लगाउनेलाई गम्भीर अपराध ठहरिने गरी कानून बनाएर कारबाही गर्नुपर्ने होइन?
भाषिक सम्बोधनको कुरा आखिर विचार र चेतनाकै हो। भाषिक प्रयोगमार्फत कसैलाई आफूतल या आफूमाथि ठहर गर्न हामी खोजिरहेका छौँ भने त्यो साह्रै 'झुर' हो।
भारतका विपन्न १२ सय गाउँमा १०-१० करोड भारु पुग्दा त्यसबाट के–के बन्न सक्थे? कति बिरामीको उपचार हुन सक्थ्यो? कति भोका बालकको भोक मेटिन्थ्यो?
‘निर्मितले स्वयं निर्माताकहाँ अर्को उसै/उनैको निर्माण लगेर चढाउनुको तादात्म्य नरहेको’ सो भजनको सार अत्यन्त दार्शनिकपूर्ण छ।