लुम्बिनी प्रदेश सरकारको अनुदानमा बनाइएका शीतभण्डारमध्ये अधिकांश चालु हालतमा छैनन्। हचुवामा बनाइएका यी शीतभण्डारले किसानलाई राहत होइन, धोका दिइरहेका छन्।
रुन्टीगढी गाउँपालिकाले कृषि उत्पादन व्यवस्थित गर्दा भारतको सीमावर्ती क्षेत्रबाट समेत तरकारी खरिदकर्ता स्थानीय हाट पुग्ने गरेका छन्। अहिले रोल्पाका पालिकाहरूले कृषिबाटै समृद्धिको योजना बनाइरहेका छन्।
लुम्बिनी सरकारसँगको सहकार्यमा रोल्पाको त्रिवेणी गाउँपालिकाले महिला सशक्तीकरणका लागि २ करोड खर्च गरेको छ। तालिम तथा प्रशिक्षण लिएका २१० महिलाले हासिल गरेको उपलब्धि निरन्तर मूल्यांकन पनि गरिरहेको छ।
शक्तिशाली ओहोदामा आफ्ना प्रतिनिधि निरन्तर पुर्याइरहेको रोल्पामा नवजात शिशुको मृत्युदर बढ्दो छ। निर्वाचनका बेला सुधारका ठूल्ठूला वाचा गर्ने दल र नेताले यसप्रति पटक्कै जबाफदेही हुनु परेको छैन।