AnonymousUser

Logout

बुद्ध प्रतिमाको नगर परिक्रमा (तस्वीर)

बौद्ध धर्मावलम्बीले २५६८औँ बुद्धजयन्तीका अवसरमा बिहीबार भक्तपुरको मध्यपुर थिमिमा बुद्ध प्रतिमाको नगर परिक्रमा गराएका छन्।

बाखाम्मा: सृष्टिको मुन्दुमी वर्णन (तस्वीरहरू)

नाटकमा सुन्नीमा र पारुहाङ नामक दुई पात्रको प्रेमकथा छ। सुन्नीमा र पारुहाङको प्रेममार्फत मानव सृष्टिको आदिकालीन यात्राको वर्णन हुँदै गर्दा नाटकमा किराती समुदायको संस्कृति र परम्परा झल्किन्छ।

जनावरका कल्पना र वास्तविक संसार देखाउने रंगमञ्च

नाटकमा कलाकारहरू कहिले मुसा, कहिले चरा, कहिले बाँदर त कहिले अन्य जनावरले जस्तै हाउभाउ गर्छन्। उनीहरू गीत गाउँदै मञ्चमा रमाउँदा दर्शकको अनुहारमा मुस्कान छाएको पत्तै हुँदैन।

साँखुमा बज्रयोगिनी जात्राको उमङ्ग (तस्वीरहरू)

बज्रयोगिनीसँगै चिभाः द्यः, सिंहमुखी र बाघमुखी मूर्तिलाई बाजागाजासहित खटमा राखेर साँखु बजारमा ल्याई नगर परिक्रमा गराउने चलन रहिआएको छ।

सेतो मत्स्येन्द्रनाथको रथयात्रा शुरू (तस्वीरहरू)

वर्षा र सहकालका देवता सेतो मत्स्येन्द्रनाथको रथयात्रा मंगलबारदेखि शुरू भएको छ। पहिलो दिन रथलाई तीनधाराबाट रत्नपार्क, भोटाहिटी हुँदै असन पुर्‍याइएको छ।

सिन्दूरजात्रामा रंगिएको मध्यपुरथिमी (तस्वीरहरू)

यो जात्रामा थिमीबासीले घरका झ्याल, कौसी र छतबाट सिन्दूर एवं फूल बर्साएर मूल देवता बोकेको रथलाई स्वागत गर्ने गर्छन्। 

ट्याटु मोह : अमेरिकादेखि थाइल्यान्डसम्मका आर्टिस्ट ललितपुरमा (तस्वीरहरू)

ललितपुरमा नेपालसहित अमेरिका, अस्ट्रेलियादेखि थाइल्यान्डसम्मका ट्याटु आर्टिस्ट जम्माका भएका थिए। महिला ट्याटु आर्टिस्ट मात्र होइन ट्याटु खोपाउने पनि अधिकांश महिला नै दखिन्थे।

कलामार्फत अनित्यताको खोजी (तस्वीरहरू)

लिच्छवि हाउसमा ‘अनिच्चः परिवर्तन, जीवन, संसार’ विषयवस्तुमा आधारित प्रदर्शनी गरिएको छ। क्यानडेली कलाकार क्रोद्वारा क्युरेट प्रदर्शनीले स्थानीय तथा अन्तर्राष्ट्रिय कलाकारको समूहलाई एकैठाउँमा जमघट गरायो।

अपांगता भएकाहरूको होली : कोही बसेरै रमाए, उठ्न सक्ने नाचेर (तस्वीरहरू)

आपसी शत्रुता भुलाई रङ छ्यापाछ्याप गर्ने यो पर्वले अपांगता भएकाहरूमा पनि उस्तै उमंग भरिदियो। जोरपाटीस्थित नेपाल अपांग संघ, खगेन्द्र नवजीवन केन्द्रका अपांगता भएकाहरूले एकापसमा रङ दलेर खुशियाली साटे।

रूपरङ खलबलिएको चाँगुनारायण (तस्वीर कथा)

भूकम्प गएको झन्डै आठ वर्ष बितेपछि बल्ल मन्दिर मर्मत सम्पन्न भएको भनिएको छ। तर यो पहिलेको स्वरूपमा छैन।

महिलासम्बन्धी अध्ययनको केन्द्र : जुनकिरी नारीवादी पुस्तकालय (भिडियो कथा)

वसन्तपुर पुग्ने जोकसैका लागि खुला हुन्छ जुनकिरी नारीवादी पुस्तकालय। नामैले यसको उद्देश्य स्पष्ट छ, यहाँ लैंगिकताबारे लेखिएका पुस्तक उपलब्ध छन्। तर यसको उद्देश्य पुस्तक पढाउनुमा मात्र सीमित छैन।

राज्यले गरेको जातीय विभेद अर्थात् 'मासिन्या' (तस्वीर कथा)

अपराधका सजायमा मासिन्यामाथि राज्यको ठूलो विभेद थियो। अन्य जातलाई सर्वश्व वा थुना मात्र हुँदा मासिन्याको ज्यानै लिइन्थ्यो। नाटक ‘मासिन्या’ले कुनै बेला मासिन्या घोषणा गरिएको तामाङ समुदायको कथा भन्छ।

इतिहास बोकेर भविष्य खोजिरहेका भक्तपुरका हिटीहरू (तस्वीर–कथा)

पहिले यो प्राचीन शहरको हरेक टोलमा हिटीबाट सफा पानी आउँथ्यो। अहिले त अधिकांश हिटीहरू आफैँ तिर्खाइरहेझैँ देखिन्छन्।

रोप्नेको माया र मलजल नपाएर सुक्दैछन् बिरुवा (तस्वीर–कथा)

काठमाडौँ महानगरपालिकाले शहरमा हरियाली बढाउन रोपेका बिरुवा स्याहारसुसार नपाएर मर्न थालेका छन्।

टुँडिखेलमा मनाइएको तमु ल्होसार (तस्वीरहरू)

काठमाडौँको टुँडिखेलसहित देशका विभिन्न ठाउँमा तमहरूले मौलिक भेषभुषामा सजिएर परम्परागत नाचगान तथा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरी ल्होसारको खुशियाली साटासाट गरेका छन्।

जागिरमा खाएको गालीले जन्माएको ‘लाफिङ सेन्टर’ (तस्वीर–कथा)

युवायुवती आधादेखि एक घण्टासम्म पालो पर्खेर बिनुले बनाएको लाफिङ खान्छन्। एउटा सानो शटरबाट शुरू भएको पसल विस्तार भएर अहिले पूरै घर नै 'लाफिङघर'मा बदिलएको छ।

शहरमा बढिरहेको खतरनाक प्रकाश प्रदूषण (तस्वीर कथा)

वातावरण र जनस्वास्थ्यमा असर पर्ने गरी बिजुली बत्तीको अत्यधिक प्रयोग गर्नु प्रकाश प्रदूषण हो। अहिले हाम्रा शहरहरू यस्तै प्रदूषणको मारमा छन्।

मानसिक स्वास्थ्यबारे गुम्सिएको मौनता तोड्ने नाटक ‘ब्युँझिएको सिरानी’ (तस्वीरहरू)

यो नाटकले मनोरञ्जनसँगै मानसिक स्वास्थ्यका समस्या र यसबारे समाजमा गुम्सिएको मौनता तोड्ने कलात्मक अभिव्यक्ति पनि दिन्छ। 

'मानिस हराएको सूचना' (तस्वीर कथा)

थापागाउँस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको नाटकमा दुई समलिंगी पुरूषको प्रेमसम्बन्ध देखाइएको छ। यो नाटक 'एभरेष्ट फिल्म एकेडेमी'का विद्यार्थीहरूले तयार पारेका हुन्।

बालगोपालेश्वरमा यसरी लगाइँदैछ भाइटीका (तस्वीरहरू)

वर्षमा एक दिन भाइटीकाका दिन मात्रै खुल्ने बालगोपालेश्वर मन्दिरमा दिदीबहिनी नहुनेहरूले यहाँ टीका लगाउने गर्छन्। मन्दिर परिसरमा टीका र फूलमाला लिएर बसेकासँग टीका थाप्ने गरिन्छ।