गाउँका जिम्मावाल वा मुखियाको छोरासँग मैले मित लगाएको छु भनेर आडम्बर देखाउने व्यक्तिका बारे पहिले–पहिले हामी सुन्थ्यौँ। तर मितको अवधारणाअनुरूप हेर्ने हो भने त्यस्ता क्रियाकलाप नितान्त गलत हुन्।
नबहकियोस् र खेत नकाटोस् भनी हाम्रा पुर्खाले भक्तपुर खासांखुसीका दुवै किनारमा बैंस रोपेको पनि ख्याल भयो, जसका कारण नदी भड्किन पाएको थिएन।
यतिखेर विदेशको प्रतिष्ठित शैक्षिक संस्थाबाट शिक्षा हासिल गरेको, शिक्षामा रुचि भएको व्यक्ति देशको शिक्षामन्त्री हुनुहुन्छ। यस पटक शिक्षाक्षेत्रमा केही सुधारका प्रयास होलान् भन्ने अपेक्षा छ।
राष्ट्रपतिजस्तो देशको सर्वोच्च पदमा आसीन व्यक्तिसमेत तिनकै 'पूर्वपार्टी'प्रति बफादार भए। प्रधानमन्त्री त देशको भएनन्-भएनन्, एउटा दलको पनि खास समूहको 'पेवा नेता' बने।
गर्मीमा सियाँलमा रमाउनु र जाडोमा पहारिलो घाममा उँग्न पाउनु। अनि जीवनमा फुर्सदिलो समय पाउनु, कस्तो अहोभाग्य!
खारिएको अनुभव र व्यापक ज्ञान, क्षमता भएका ढुंगेलले हिमालदेखि तराईसम्म पानीको बहुप्रयोगबारे थप केही कुरा पाँचसात पृष्ठमा समेटेको भए भोलिका नीति–निर्माताका लागि राम्रै सिकाइ हुन्थ्यो।
२०४३ जेठमा थाइल्यान्डको राजधानी बैँककमा केही दिन कोठा भाडामा बसियो। घरधनीले सर्वप्रथम पानी प्रयोगबारे जानकारी दिइन्। एउटा धाराको पानी पिउन र खाना बनाउन र अर्को धाराको पानी नुहाइधुवाइका लागि चलाउने।
काठमाडौँ-पोखरासमेत सडकले नजोडिएका बेला त्रिशूली बजारसम्म मोटर पुग्यो। यद्यपि, त्यस बखतको सदरमुकाम नुवाकोटको डाँडोमा भने पछि मात्र सडक सञ्जाल जोडिएको थियो।
सुरवीर भनेर चिनिएका नेपालीहरू आज सुरक्षा गार्डको हैसियतमा रहनुचाहिँ दुःखको कुरा हो, कुनै बेलाका वीरको देशको सीमाका दर्जनौँ ठाउँमा घुसपैठ भएको छ। सीमाका संकेतहरू नै भत्काइएका छन्।
यसै वर्ष पनि सरकारले असार, साउन र भदौ महिनामा सडक एवं पूर्वाधार निर्माणको काम नगर्ने भनियो। काम प्रभावकारी, दिगो र पक्का हुँदैन भनेर नै त्यस्तो भनिएको होला।
प्राकृतिक आँठो वा पानी बग्ने कुलो पच्छ्याएपछि सडक आखिर नागबेली नबनेर के बन्छ? यस्तो बिनायोजनाको सडक अन्य कुनै देशमा बनेका होलान् या नहोलान्?
युवती रहिछन् स्थानीयवासी, प्रधानपञ्चकी भतिजी। ‘भर्खरै हजुरआमाको निधन भएकाले उनको मुहार अझ केही मलिन भएको हो’ भन्ने सुन्दा त्यहाँ उपस्थित पर्यटक दोस्रो पटक आश्चर्यचकित भए।