शक्ति केन्द्रीकरणमा दत्तचित्त राजनीतिक नेता। अधिक पक्षधरताले ग्रसित र दिग्भ्रमित नागरिक समाज। निर्णायक हस्तक्षेप गर्ने तयारी नपुगेका असन्तुष्ट जनता। यी सबैको प्रभावमा परेको छ प्रतिनिधित्वको सवाल।
पपुलिस्टहरूले सामान्यतः म र विरोधीहरू (अस भर्सेस देम) को भाष्य सिर्जना गरी अल्पकालीन रूपमा सामाजिक बहसलाई अलमल्याउने प्रयास गर्छन्।
नेपालमा उदारवादबारे बहस नभएका त हैनन्, तर यसलाई आफू अनुकूल व्याख्या गर्ने प्रचलन छ। २०४६ सालपछिको राजनीतिक परिवर्तन पश्चात् भएका आर्थिक परिवर्तनमा उदारवादले धेरै जस/अपजस पाउँदै आएको छ।
असन्तुष्टिहरू भुसको आगोजस्तै सल्किरहेका छन्, तर व्यक्त हुन सकेका छैनन्। स्वस्थ आलोचना गर्न सबै डराइरहेका छन्। त्यसैले आज लोकतन्त्रमाथिको सबैभन्दा ठूलो चुनौती 'मौनता' हो।