उच्च जनघनत्व भएका दक्षिण एशियाजस्ता क्षेत्रमा कत्रो विग्रह र द्वन्द्व सिर्जना हुनेछ भन्ने हामी अहिले कल्पना पनि गर्न सक्दैनौँ, किनकि मानव जातिले अहिलेसम्म त्यो तहको विपत्ति देखेकै छैन।
मन्थन शृंखलाको यो तेस्रो अंकमा म यी प्रश्नको जवाफ खोज्दैछु– जोसुकैले आफ्नो सुविधाअनुसार व्याख्या गर्ने गरेको सनातन हिन्दू धर्म आखिर के हो? यसका शास्त्रहरूमा के छ, के छैन? समयसँगै यो कसरी बदलिएको छ?
भिडियो शृंखलाको यो दोस्रो अंकमा मैले भारतीय विचारक स्वामी विवेकानन्दले सन् १८९३ मा अमेरिकाको शिकागोमा आयोजित विश्वका धर्महरूको (सर्वधर्म) सम्मेलनमा राखेको विश्वविख्यात मन्तव्यलाई केन्द्रमा राखेको छु।
नेपालमा खासगरी हिन्दू राष्ट्रको चर्चा तीव्र छ। तर त्यसको अग्रपंक्तिमा त्यस्ता मानिस छन् जसका कुरा समूहमा बसेर सुन्दा लाज लाग्छ। यद्यपि विचार निर्माणको नेतृत्व तिनैले गरिरहेका छन्।
हामीलाई चम्किला पूर्वाधार मात्रै चाहिएका हुन् कि, तिनका छेउछाउमा दुई छाक टार्न सक्ने मानिस पनि चाहिएका हुन्? यो प्रश्नमा आवश्यक विमर्श नहुँदा जे हुने हो, हामी देशभर त्यसैको परिणाम भोगिरहेका छौँ।
धीरेन्द्रकृष्ण शास्त्रीको जस्तो अन्धविश्वासको खुलेआम प्रचारले यसै कमजोर नेपालीहरूको आध्यात्मिक विकासलाई थप अवरुद्ध गरेको मेरो मूल्यांकन छ।
हामी जति नै रोइकराइ गरौं, नेपालको ‘ब्रेन–ड्रेन’ रोकिनेवाला छैन। जुन दिन तपाईंहामी सबै मिलेर यो देशलाई भौतिक रूपमा नभए पनि अध्यात्मिक रूपमा समृद्ध पार्न सक्छौँ, त्यही दिन समाजको पुनर्जागरण शुरू हुनेछ।
बेलैमा विनोद चौधरीजस्ता विद्वानहरूलाई सम्झाऔँ कि उनका वाइवाइजस्ता ब्रान्डहरू भदौ २–५ को कथावाचनपछि धिरेन्द्र शास्त्रीका यस्ता सन्देशसित जोडिने छन्ः महिलाहरू उपभोग्य वस्तु हुन्, दलित नीच र अछूत हुन्।