पछिल्ला वर्षमा ‘केही’ हुँदाहुँदै पनि नेपाली जनमानस अरू थप केही होस् र अझै राम्रो होस् भन्ने अपेक्षा राखिरहेका छन् भने त्यसमा अन्यथा मान्नुपर्ने पनि केही छैन।
शक्तिशाली हुँदै गएका नवशासकहरू सरकारप्रतिको नागरिक असन्तुष्टि र अविश्वासलाई व्यक्तिगत रूपमा आफूप्रति लक्षित ठान्छन्। समस्याको समाधानभन्दा पनि नागरिकलाई नै सजाय दिन उद्धत हुन्छन्।
एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच मिलन हुनुपर्ने त्यस्तो के अभूतपूर्व संयोग जुर्न गयो होला र अहिलेको गठबन्धन बन्यो होला?
नागरिकले भोगिरहेका समस्या हिजोको आज नै सिर्जित भएका होइनन्। यो त राजनीतिक दल र तिनका नेताको दशकौँयताको अकर्मण्यता, भ्रष्ट सोच तथा समाज र नागरिकप्रति अनुत्तरदायी व्यवहारको नतिजा हो।
आम नागरिकले विरोध गर्नु द्रोह हैन, बरु भ्रष्ट र बेइमान दल र नेताविरुद्ध आवाज नउठाउनु चाहिँ देश, समाज र आउने पिँढीका लागि ठूलो अपकार र द्रोह हुनेछ।
स्थायित्वको वाचा गरेर नथाक्ने तर मुलुकलाई निरन्तर अस्थिरतामा राखिराख्ने शासकहरूको प्रवृत्ति पञ्चतन्त्रको कथाको निर्दयी सिंहभन्दा कम छैन।
समाजवाद र समृद्धिको दिनरातको खोक्रो भाषण र नाराले दलका नेता र कार्यकर्तामा त उत्साह भर्दो होला, तर आम जनता साइकलको खोजीमा गाऊँ, शहर र बजार भौँतारिइरहेका छन्।
नेपाली राजनीति र राजनीतिज्ञ (सरकार र सरकार सञ्चालक) तथा ब्युरोक्रसी (स्थायी सरकार) ‘कंकर्ड फ्यालासी’बाट यति गहिरो रूपमा ग्रस्त भइसक्यो कि– यस्तो लाग्छ, त्यहाँ न नैतिक लगाम छ न सामाजिक।
दाहाल-लामिछाने-ओलीको यो ‘भेन्ट्रिलक्विस्ट-पपेट’ खेलमा राज्य संयन्त्रको चरम दुरुपयोग गरी जसरी एक व्यक्तिमाथि जाइलाग्ने काम भयो, त्यसले भोलिका दिनका लागि खतरनाक नजिर बसालेको छ।
जसरी समाजमा आजभोलि विवेकपूर्ण तर्कहरू हराउँदै गएका छन् र पूर्वाग्रही तथा आत्मकेन्द्रित सोच र तर्कहरू हाबी भएर गएका छन्, यसले पूरै समाजलाई नै अधोगतितिर धकेल्ने खतरा पैदा गरेको छ।
जसरी बासी माछा गन्हाउँछ र यसले स्वास्थ्यमा पनि नकारात्मक असर पार्न सक्छ, त्यसरी नै बासी विचारले समाजलाई दुर्गन्धित र रोगी बनाउँछ।
लाजै लजाउने नाटकको मञ्चन नेपाली नेताहरूले पहिला पनि गरेकै हुन्, फरक यति मात्र हो कि प्रत्येक पटक त्यसको 'डिग्री' माथि जाँदैछ।
अख्तर एउटा अन्तर्वार्तामा भन्छन्, “आजभोलि त्यस्ता चरित्र/पात्र लेखिँदैनन्। किनकि ती पात्र विगतमा जसका विरुद्ध संघर्ष गर्थे अहिले आफैँ त्यही बन्न चाहन्छन्।”
नेपालमा यो ‘गोल! गोल!’को गोलचक्कर संविधान निर्माणको बेलादेखि शुरू भएको हो। समाजको एउटा तप्काले ‘फाउल प्ले’ भन्दाभन्दै बहुमतीय आधारमा ‘गोल! गोल!’ भन्दै संविधान पारित गरियो।
बाइबलको कथामा ईश्वरले आफ्नो शासनमा नियन्त्रण गुम्ने भयले आम मानिसको भाषा गडबड गरिदिएर सिर्जना गरिदिएको बेबलझैँ नेपाली दलहरूले पनि कहीँ बेबलका लागि पायक वातावरण तयार गर्दिइरहेका त छैनन्?
नेपाली राजनीति र समाजबाट मिडल अर्डर बिस्तारै हराइरहेको अवस्था छ र यसले भोलिका दिनमा निम्त्याउन सक्ने विचारको शून्यता डरलाग्दो छ।
अत्यन्तै सरल तरिकाले सम्पन्न गर्न सकिने कामका लागि पनि सरकार सञ्चालकहरूले थापेको जटिल यान्त्रिक संरचनामा फस्दाफस्दै पनि जनताले धैर्य गरेका छन् भने यो आँधी आउनुभन्दा पहिलेको सन्नाटा मात्र हो।
मुलुकमा भ्रष्टाचार नै एउटा त्यस्तो रसायन भएको छ, जसले विचार, सिद्धान्त, राजनीति आदिबारे आनका तान फरक धारणा भएका नेताहरूलाई पनि सँगै जोडेर राख्न सक्छ।
चुनावको एक वर्ष नहुँदै दलहरू ‘मिसन ८४’को राग अलापेर बसेका छन्। लोकतन्त्र भनेकै चुनावपछि अर्को चुनाव र सरकारपछि अर्को सरकार गठन भनेर बुझ्नु र बुझाउनु दलहरूको कमजोर चेत र प्रतिबद्धता हो।