दिल्ली सम्झौतापछि गठन भएको सरकारमा चन्द्रेश्वरनारायण सिंह ‘भाले’ भए। मन्त्रिमण्डलको बैठकमै उनको उपस्थितिबाट नेपालमाथि भारतीय रबैया र दृष्टिकोण प्रष्ट हुन्छ।
गण्डक सम्झौता, सगरमाथा विवाद र मुस्ताङकाण्डमा प्रतिनिधिसभाभन्दा महासभामा बढी छलफल भएको थियो। महासभाकै विरोधका कारण मनोरञ्जन कर र न्यायिक सुधार विधेयक सरकारले फिर्ता लिएको थियो।
अंग्रेजका दूत क्याप्टेन नक्स नेपालको आवासीय दूत भएपछि नेपाल–भारत–अंग्रेज सम्बन्धमा भएको आरोह अवरोहको पृष्ठभूमिमा गणतन्त्र भारतबाट आएका राजदूतहरूका गतिविधिको सफल शल्यक्रिया भएको छ।
महेन्द्रले रुचाएकै कारण डा. भेषबहादुर थापा कम उमेरमै सचिव भए। यसका अतिरिक्त गभर्नर, मन्त्री, राजदूत मात्र भएनन् जुनसुकै समय र व्यवस्थामा शासकद्वारा मन पराइएका व्यक्ति पनि भए।
ऐतिहासिक उपन्यास भनिए पनि यो बहादुर शाहको जीवनी हो। तत्कालीन नेपालको राजनीतिक र सामाजिक चित्रण हो। तथ्य र कथ्यको मिश्रण हो। इतिहास र कथा दुवै हो।
इतिहास, ज्योतिष, साहित्यजस्ता विविध विधामा नयराज पन्तका कृति करिब ३० वटा छन्। २०४३ सालमा उहाँको कृति ‘लिच्छवि संवत्को निर्णय’ले मदन पुरस्कार नै प्राप्त गरेको थियो।
आत्मकथामा लेखकको जीवनी मात्र हुँदैन। बरु तत्कालीन राजनीति र समाजका विविध पक्षको चर्चा परिचर्चा गरिएको हुन्छ। यस्ता कृतिले रचनाकारको जीवन, दर्शन तथा इतिहास अवगत गराउँछन्।
सत्ता, स्वार्थ र सम्पत्तिका कारण नेपालको राजनीतिमा नियमित उतारचढाव हुने गरेको छ। नेपाली जनता २०५१ सालदेखि राजनीतिको यही विसंगति निरन्तर सहन बाध्य भइसकेका छन्।
हिजोको गल्ती दोहोर्याउने भन्दा सुधार गर्दै जाने चाहना सबैमा हुनुपर्छ। इतिहासबाट शिक्षा लिँदा मुलुक, कूटनीतिज्ञ, जनता र राजनीतिकर्मीकै हित र प्रतिष्ठा बढ्ने हो।
२०१७ पुस १ गतेको घटनापछि नेपाल महेन्द्रपथतर्फ अग्रसर भयो। त्यसपछि राजा महेन्द्रको प्रशंसा, स्तुतिगान र देवत्वकरण गरी संसदीय व्यवस्थाको सत्तोसराप गरेर बोल्ने र लेख्नेहरूको दौड नै चल्यो।
जैसी कोठाका सामग्री अध्ययन र टिपोट गर्ने अवसर पाउने थोरै विद्वानमा ज्ञानमणि नेपाल पनि एक हुनुहुन्थ्यो। केही समय अध्ययनका लागि खुल्ला गरिएका ती सामग्री २०४६ सालपछि कस्तो अवस्थामा छन् भन्ने जानकारी छैन।
हिजोको गल्तीबाट तत्कालीन राजा ज्ञानेन्द्र सत्ताबाट मात्र ओर्लिनु परेन, राजतन्त्रकै अन्त्य भयो। मुलुकलाई सधैँ अस्थिर बनाउन खोज्ने नेताहरूले पनि पुरस्कार मात्र पाउने अवस्था अब अन्त्य हुनुपर्छ।
दासप्रथा उन्मुलन गर्दा सदर टुँडिखेलमा खरीको बोटबाट चन्द्रशमशेरले दिएको भाषण अहिलेसम्मकै पहिलो लामो भाषण भएको छ। ८० पृष्ठको लिखित भाषण चन्द्रशमशेर आफैँले पढेर पूरा गर्न सकेका थिएनन्।
इतिहासमा दरबारिया षड्यन्त्रलाई चिर्न शासकहरू युद्धको घोषणा गरेर भारदारहरूको ध्यान त्यतै मोडिदिन्थे। लोकतन्त्रमा जनता अल्मल्याउन जाँचबुझका नाममा अनेक समिति र आयोग बनाइन्छ।
भारतसँग एक महिनाअघि भएका सम्झौताको पक्ष र विपक्षमा आवाज सुनिएकै छ। यद्यपि धेरै अपेक्षा वा उपेक्षा गरिहाल्ने समय भएको छैन। यही सन्दर्भमा इतिहासमा भएका केही सन्धि–सम्झौताका प्रभावलाई भने केलाउन सकिन्छ।
भारत निर्वासित राजेन्द्रविक्रमलाई जंगबहादुरले गरेको पदच्यूतबाट उत्साही मोहनशमशेरले राजा त्रिभुवनलाई हटाउन खोज्दा राणाशासन सकियो। २२ वर्षअघि राजा भएका ज्ञानेन्द्र महेन्द्रपथमा लाग्दा राजतन्त्र ढल्यो।
नेपाली संस्कृतिको मूल प्रवाहमा समाहित भई सिख समुदायले आफ्नो पहिचान कायम राख्न सकेका छन्। नेपाललाई यथार्थमा नै सबै जातको फूलबारी बनाउनमा सिखहरूले योगदान गरी नै रहेका छन्।
सोमनाथ वाग्ले उदासीन आश्रममा सरिक हुनु संयोग, आकस्मिकता र बाध्यता सबै थियो। सोमनाथको यही बाध्यता पछि ‘सनातनमुनि’ हुने अवसर बन्यो, जो अहिले बैंगलोरमा आश्रम चलाउँछन् र भारतभरि ख्याति कमाएका छन्।