आश्चर्यलाग्दो कुरा, जातमा आधारित बर्बर हिंसालाई हामी बाँचेको समाजमा निकै सामान्य ढंगले हेरिन्छ। हत्या र बलात्कारसमेत हुँदा यस्तो ठानिन्छ, मानौँ, केही गलत भएकै छैन।
उत्पीडनको यथार्थ र संवेदनशीलता बुझ्ने व्यक्तिहरू सत्ता, संसद् र न्याय प्रशासनमा विरलै पुगेका छन्। यसले समाजमा विद्यमान जातीय छुवाछुत र विभेदलाई टिकाई राख्न मद्दत पुर्याएको छ।