एक पटक यसै शहरमा देवकोटाले भनेका थिए- "हामी राणा शासकहरूको प्रशंसा गर्थ्यौं, अनि तिनीहरू त्यस प्रशंसामा लट्ठिएपछि तिनीहरूलाई सुइरोले च्वास्स घोचिदिन्थ्यौँ।"
६२ वर्षअघि कवि भूपी शेरचन वीरगन्ज आउँदा आफ्नो ‘नयाँ वर्ष’ कविता रचना सुनाएको थिएँ। त्यो कतै छापिएन र हरायो। यतिका वर्षपछि त्यही नयाँ वर्षको पुनरावृत्ति भएको छ, कवितामा।
पञ्चायती शासनको कडिकडाउमाझ काठमाडौँमा बीपीको शोकजुलुस यस्तो थियो, त्यस्तो विशालतम भीड मैले आजसम्म अरूको देखेको छैन। म पनि त्यो भीडमा सामेल थिएँ।
मैले जिन्दगीमा पहिलो व्यंग्य रचना पढेकै भैरव दाइको हो। त्यसपछि म उहाँको ‘फ्यान’ भएको हुँ। नेपाली व्यंग्य साहित्यमा उहाँलाई टक्कर दिने कोही पनि छैन।
जीवनमा अभाव, संकट, कठिनाइ सबै कुरा रहे। तर पछुतो कहिल्यै रहेन। शिक्षकका रूपमा पनि अथवा लेखककै रूपमा पनि— सधैँ सन्तोषमा रहेँ।
स्वर–सम्राट नारायण गोपाललाई गीत गवाउन प्रायः सबै गीतकार उत्सुक रहन्थे, लालायित भनौँ न। उनले गीत गाइदिएकोमा गीतकारले खसी नै ढालेर भोजको आयोजना गरेको खबर पनि आएको थियो।
हामी आमालाई गडीमा लेटाइएको हेर्दै रोइरह्यौ। त्यसैबखत, हाम्री एउटी बहिनी, नानीले हो कि क्या हो, तोतेभन्दा अलिकति मात्र फुटेको बोलीमा, ठीक गडी हिँड्ने बेलामा भनी- ‘आमा अब आउनुहुन्न।’