२०७३ सालयता कांग्रेसका सम्पूर्ण भातृसंस्थाका नियमित महाधिवेशन हुन पाएका छैनन्। यसले पार्टीको आन्तरिक लोकतन्त्रलाई ध्वस्त बनाएको छ।
कांग्रेसको सांगठनिक क्षमतामा पार्टीभित्र नै विश्वास हराउँदै गएको छ। भातृ र भगिनी संघ कसैका मान्छे भर्ती गर्ने ठाउँका रूपमा परिणत भएका छन्। सरकार र सत्ता जसरी पनि चाहिन्छ भन्ने मूल्य मान्यता हाबी छ।