तेह्रथुमको साबला गाउँमा एक जना जमिनदार लिम्बूको शरण परेर उनकै संरक्षण-स्नेहमा हुर्केका कालु उप्रेतीको छोरीपट्टिको म पाँचौँ पुस्ताको सन्तान हुँ।
कथामा सीमाको महत्त्व हुन्छ। अहिलेको युगमा सीमाका अतिरञ्जक र जटिल अनि कठोर स्वरूपहरू जन्मिएका छन्। नेपालबाट मुगलान पस्ने नेपालीका कथाको स्पन्दन हो जार कथा।
घर छोडेर हिँड्नेहरूले पारिवारिक सम्बन्ध र मान्यतामा आमूल परिवर्तन ल्याइदिएका छन्। तर घर अब एक निरपेक्ष र प्रतीकात्मक विषय भएको छ।
अहिले पनि सो गीत सोरसार मिलाएर गाउँछु। गणेशकै नक्कल गर्छु अनि बढी भावुक हुन्छु। यी हरफ लेखिरहँदा गाइरहेको छु। आँखाबाट निस्किने आँसुको प्रवाह नपुछी गाइरहन्छु।
दल र तिनका नेता शिक्षालाई अनि शिक्षणलाई कसरी हेर्छन्? मेरो शिक्षक जीवनमा सबभन्दा अनुत्तरित प्रश्न भएर आएको छ त्यो।
नेपाली राजनीतिक दलका नेताहरूका सनातनी अनुहार हुनुमा तिनको कमजोरी मात्र भयो भन्ने पक्षमा म छैन। तर प्रदीप गिरिले भनेजस्तो तिनका कर्म भने निष्ठावान् हुनुपर्छ।
अहिले राजनीति गर्नेहरूको रोमान्स अनि भाइभाइबीचको ‘ब्रोमान्स’ जारी छ। उनीहरू नार्सिसस् ग्रन्थिले काम गर्छन्। जे मुड आयो, त्यो बोल्छन्।