AnonymousUser

Logout

पारलम्पिकमा भरतको यात्रा: अपिदेखि पेरिससम्म

भरतले कहिले झगडा गरेर हिँडे, कहिले ‘डन’ बन्ने सपना देखे। अब फेरिइसकेका उनी अन्तर्राष्ट्रिय रंगशालामा देशको झण्डा बोकेर उभिन सफल भएका छन्। एउटा हात नहुनु कमजोरी होइन, देशका लागि गर्वको विषय बनेको छ।

एचआईभी संक्रमित बालबालिकालाई उज्यालो दिइरहेको विद्यालय

सफलता एचआईभी शिक्षा सदन विश्वको पहिलो पहिचानसहितको एचआईभी विद्यालय हो। लन्डनस्थित ‘वर्ल्ड बुक अफ रेकर्ड्स’को सर्वेक्षणका आधारमा एचआईभी पहिचानसहितको पहिलो विद्यालय प्रमाणित भएको हो।

२७ वर्षदेखि चिया बेचिरहेकी ‘गंगा आमा’

गंगाले छिमेकीसँग १ हजार ७०० रुपैयाँ ऋण लिएर वसन्तपुरको निस्थानन्द गल्लीस्थित एक घरको भर्‍याङमुनि सानो चिया पसल थालेकी थिइन्। एक वर्षको मिहिनेतपछि बल्ल स्वादिलो चिया बनाउन सिकेको उनी बताउँछिन्।

हुलाक टिकटमा कला पोख्ने एक्ली पूर्णकला

लाहुरेकी छोरी पूर्णकलाको परिवारमा चित्रकलाको सोख भएका कोही थिएनन्, तर उनी हुलाक सेवा विभागबाट १५ वर्षयता प्रकाशन भइरहेका सबै टिकटको ‘डिजाइनर’ हुन्।

विश्वकप उपविजेता टोलीका कप्तान हेमराजः जसले खो खो खेल्न कबड्डी छाडे

हेमराजले २०६९ सालको राष्ट्रिय कबड्डी  प्रतियोगितामा सुदूरपश्चिमबाट खेलेर कास्य पदक जितेका थिए। तर २०७२ सालमा उनी खो खोको राष्ट्रिय टोलीमा पुगेपछि कबड्डी खेल त्यागिदिए।

अरूलाई संसार देखाइरहेका दृष्टिविहीन डा. गोविन्द

त्रिवि प्रशासनमा कार्यालय सहयोगीका लागि आवेदन दिन गोविन्द स्नातकोत्तरका प्रमाणपत्र बोकेर गएका थिए। आवेदन त दिन पाएनन्, अर्को वर्ष त्रिवि अन्तर्गतकै क्याम्पसमा पढाउने अवसर पाए।

नेपालले विश्वकप फाइनल खेलेको खो–खोः उत्साह अझ बढेको छ

पहिलो विश्वकपमा फाइनल पुगेर उपवेजेतामा चित्त बुझाएका पुरुष र महिला खो–खो टोली तथा प्रशिक्षक पूर्वाधारमा लगानी मात्र भइदिए अर्को विश्वकपको उपाधि जित्न सकिने योजना बनाइरहेका छन्।