शहीदहरूको लामो सूची प्रकाशित भइसक्दा पनि १९९९ सालको मध्यतिर राजबन्दीहरूलाई जेलबाट भगाउने र आफू पनि भाग्ने प्रयास गर्दा शासकको चरम यातनाबाट मृत्युवरण गरेका गोपी च्यामे शहीद घोषित हुन लायक भएनन्।
जेठी महारानी राजराजेश्वरीलाई ताँवापत्र गरेर नायबीको अख्तियारी दिइनुअघि नै रणबहादुर शाहले आफ्नी माहिली रानी सुवर्णप्रभालाई नाबालक राजाको नायबीको अख्तियारी दिएको लालमोहर फेला परेको छ।
राममाया एउटा हातमा कुचो र अर्कोमा बोरा बोकेर सरसफाइ गर्न नियमित आउँथिन्। चलाखीपूर्वक राजबन्दीको खबर परिवारतिर र परिवारको राजबन्दीतिर पुर्याउँथिन्। पहरा दिन खटिएका सिपाही उनीसँग छिल्लिएर कुरा गर्थे।
असनमा पुराण वाचन गरेर समसामयिक राजनीतिक चेतना जागरण गर्ने पण्डित मुरलीधरलाई शुक्रराज शास्त्रीसँगै पक्राउ गरिएको थियो। केही समयमा जेलबाट छुटेपछि मुरलीधर बनारसतिर निर्वासित भएका थिए।
चित्तौडका कलीन राजवंशका घरानामा आफ्नो जन्म भएको दाबी गर्दै तत्कालीन राजा सुरेन्द्रबाट जंगबहादुरले राणा उपाधि लिन सफल भए। शुरूमा ‘कुँवर राणा’ लेखे पनि उनका सन्तानले राणा मात्र लेख्न थाले।
अशोक राई र सुशीला श्रेष्ठले प्रारम्भिक समयमा राजनीतिमा डोर्याएर ल्याएकी विद्यादेवी भण्डारी दुईपटक देशको राष्ट्रपति भइन्। तर सुशीला एमाले छाडेको दशकपछि बल्ल संसद्मा पुगेकी छन्।
लप्टन देवीबहादुर कुँवर महारानीकी द्वारेसँग प्रेममा थिए। ती द्वारेबाट महारानी र गगनसिंहबीचको अनुचित सम्बन्ध सुनेका थिए। झोँकैझोँकमा यो कुरा प्रचार गरेपछि देवीबहादुरलाई ज्यान सजाय सुनाइएको थियो।
पृथ्वीनारायणका पिता नरभूपालको प्रिय सेवक (कमारो) युवक उनीसँगै 'सती' गएको प्रसंगले कतै उनी जीवनको उत्तरार्द्धमा समलिंगी प्रेममा डुबेका त थिएनन् भन्ने आशंका गर्न सकिन्छ।
कुनै बेला हाल नेपाल राज्य रहेको भूमिमा निक्कै ठूलो सेन राज्य थियो। नेपालभन्दा दक्षिणका चोल राजाका भारदार रहेका श्रेणिकहरू नै पछि सेन भएका थिए। उनीहरू नेपाल आएर राज्य स्थापना गरी शासक भए।
भक्तपुरका राजा रणजीत मल्लले मितछोरा पृथ्वीनारायण शाह आफ्नो दरबारमा पाहुना भएर बसेको समय उनको सेवाका लागि नेवार जातिकी कन्या ‘उपहार’ दिएका थिए। ती कन्या नै उनकी नेवार रानी हुन्।
शक्तिमा आउनासाथ आफूमाथि व्याभिचारको बातसमेत लगाउने आफ्ना विरोधी दलका सदस्यहरूको दमनमा डटेर लागिन् पृथ्वीनारायण शाहकी बुहारी राजेन्द्रलक्ष्मी।
मन्दिर परिसरमा ललितत्रिपुरसुन्दरीको शालिक पनि राखिएको छ। उनको नामबाट शिव मन्दिर निर्माण भएका कारण मन्दिरको नाम त्रिपुरेश्वर महादेव राखियो। यसैबाट यस ठाउँको नाम पनि त्रिपुरेश्वर रहन पुग्यो।
आफ्ना मितसमेत रहेका पृथ्वीनारायण शाहले युद्धमा गोली लागेर घाइते भई छटपटिइरहेका जयप्रकाश मल्ललाई आफ्नो मान्छे पठाएर सोधे,‘के कुरा माग्छौ? दान पुण्य जे जे गर्न मन लाग्छ, म गराइदिऊँला।’
खाने विषयमा कट्टरता देखाउँदै 'म्लेच्छ'ले छोएको नखाने जंगबहादुरले लरा बेलजस्ता 'म्लेच्छ' महिलासँगको हिमचिम र लसपस भने बारेनन्। उनले नेपाल फर्कँदा 'पतिया' पनि लिएनन्।
भीमसेन थापाले आफू शक्तिशाली भएको बेला एउटा सानो निहुँमा विलासकुमारीले पाएको दाइजो बिर्ता मात्रै खोसेनन्, सल्यानी राजा रणभीम शाहलाई राज्यच्यूत गरी राज्यको प्रशासन सिधै केन्द्रबाट सञ्चालन गरे।
राजा प्रताप मल्ल अत्यन्तै कामुक थिए। वंशावलीहरूमा उनका तीन सय रानी भएका उल्लेख छ।
दिलकुमारी ब्लोन तामाङलाई भीमशमशेरले आफ्नी विवाहिता श्रीमतीको निधनपछि दाम राखेर ढोग्न लगाएर बडामहारानी बनाए। त्यसपछि उनको नाम पनि फेरियो। दरबारमा उनलाई 'सीता बडामहारानी' भनेर सम्बोधन गर्न थालियो।