पुरातनपन्थी, सामन्ती पृष्ठभूमिका व्यक्ति र भ्रष्टाचार गर्न पाएका पुराना कर्मचारीहरू जहिले पनि पुरानो समय र व्यक्तिको गुणगान गाउँछन्।
पञ्चायतभन्दा अहिलेको वर्णशंकरतन्त्र तुलनात्मक रूपमा ठीक छ। कमसेकम मान्छेले बोल्न पाएका छन्। भ्रष्टाचार आज पनि छ, त्यो राणाशाही र पञ्चायती शासनकै परम्पराको निरन्तरता हो।
‘इन्टिग्रिटी’ भएका पत्रकारलाई पेशामा टिक्न मुस्किल छ। त्यसो हुँदाहुँदै पनि नेपालमा केही पत्रकारहरू छन्, जसले पत्रकारिताको ‘धर्म’ निर्वाह गरेका छन्।