तत्कालीन संसदको विघटन र नेकपाको विभाजनले समाजवादतर्फ रूपान्तरणको असाधारण सम्भावनालाई भत्काएको छ। उक्त घटना मुलुकको लोकतान्त्रिक स्थीरता र समृद्धि तथा समाजवादको सम्भावनामाथि प्रहार थियो।
सबैजसो पार्टीका नेताहरू नकमाएको सम्पत्तिमा बाँचिरहेका छन्। यो नै आजको क्रान्तिको अवरोध हो। नकमाएको सम्पत्ति खाने यो प्रक्रियालाई ध्वस्त पार्ने पार्टीमात्रै आजको क्रान्तिकारी पार्टी हो।