AnonymousUser

Logout

एलओडीमा गुन्जिए कलेजो प्रत्यारोपण सर्जन भण्डारी

कलेजो प्रत्यारोपण सर्जन प्राडा. भण्डारीले एलओडीमा करिब दुई घण्टा आफ्नै स्वरमा रेकर्ड गराएका केही गीत र चर्चित नेपाली गीतहरू गाएर माहौल उल्लासमय बनाए।

युरोप–एशियाका २५ फिल्म : स्मृति, आशा अनि साझा सिनेमा–भाषाको प्रतिविम्ब

फरक भूगोल र पृष्ठभूमि भए पनि, १४औँ युरोपेली संघ चलचित्र महोत्सवमा प्रदर्शन भइरहेका युरोप र एशियाली फिल्महरूले मानवीय संवेदनशीलताका साझा कथालाई प्रतिबिम्बित गरेका छन्।

फोटो काठमाडौँको छैटौँ संस्करण आजदेखि शुरू

काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा एक महिनासम्म चल्ने यो महोत्सवमा १८ वटा प्रदर्शनी, स्लाइड सो प्रोजेक्सन, कार्यशाला लगायत कार्यक्रम रहनेछन्।

मुद्राले कसरी सबाल्टर्न इतिहास बोल्छ?

केही हुनेखाने ठुलाबडाहरूको मृत्युमा लासलाई घाटसम्म लैजाँदा बाटोमा पैसा छर्ने चलन केही वर्ष अगाडिसम्म नेपाली समाजमा थियो। यस चलनले सम्पन्नता र विपन्नताको वर्गीय खाडल कोरेकै थियो।

सुरेश यक्सोको कथासंग्रह ‘पेनिबा’ विमोचित

कथाकार सुरेश यक्सोको कथासंग्रह ‘पेनिबा’ काठमाडौँमा मंगलबार विमोचन भएको छ।

फाल्गुनन्दको १४१औँ जयन्ती मनाइँदै

किरात समाज सुधारमा पुर्‍याएको योगदानको कदर गर्दै फाल्गुनन्दलाई सरकारले २०६६ मंसिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो।

काठमाडौँमा लालाबालाको अन्तर्राष्ट्रिय बालनाटक महोत्सव

महोत्सवमा विभिन्न १२ देशका कलाकारले विभिन्न शैलीका नाटक आफ्नै भाषा र संस्कृतिमा प्रस्तुत गर्नेछन्। सो अवसरमा बालबालिकासँग नाट्य कार्यशालासमेत हुनेछ।

छैटौँ शताब्दीको ऐतिहासिक ब्रह्मा मूर्ति पुनर्स्थापित

विगत ४० वर्षदेखि प्रहरी वृत्त गौशालामा रहेको छैटौँ शताब्दीको ऐतिहासिक ब्रह्मा मन्दिरको मूर्ति पुनर्स्थापित गरिएको छ।

भदौ २३, डा. नवराज केसी र सकसको अन्तर्वार्ता (भिडियो)

एउटा प्रश्न चाहिँ अघिल्लो पुस्तकमा झैँ दोहोरिएर आयो, यी डाक्टर बिरामी जाँचेपछि उसलाई पछ्याएर कथा लिन्छन् कि, बिरामी नै डाक्टरलाई आफै कथा बताउन थाल्छन्?

३५० वर्षअघिको पाटन चिनाउने पुस्तक ‘कीर्तिपताका’ नियाल्दा

शहरको सुरक्षाका लागि वरिपरि घेरिएको खाई तथा नहरमा विषालु साँप, गोही र अजिंगरहरू छोड्नुपर्ने प्राचीन मान्यताअनुरूप, पाटन शहरको वरिपरि यी जीवजन्तु छाडिएको कुनु शर्माको काव्यमा वर्णन छ।

लोकहित सहितको लोकनाच, अर्थात् कात्तिक नाच

लोकहितको सन्देशसहित मल्लकालीन समयबाट शुरू भई हरेक वर्ष पाटनस्थित कात्तिक डबलीमा मञ्चन हुँदै आएको कात्तिक नाच २७ दिनबाट खुम्चिएर ९ दिनमा कसरी पुग्यो?

उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरियो छठ

२०६२ सालमा गुह्येश्वरी, गौरीघाट ठेगाना राखेर श्री छठ पूजा समिति जिल्ला प्रशासन कार्यालयमा दर्ता भएपछि काठमाडौँमा छठको विशेष रौनक शुरू भएको हो।

अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै मनाइयो छठ पर्व

शनिबार चतुर्थी तिथिदेखि धार्मिक विधिपूर्वक शुरू भएको चार दिने छठ पर्वको सोमबार षष्ठी तिथिको साँझ मुख्य पूजा सम्पन्न भएको हो।

आज छठ पर्वको मुख्य दिन: अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य दिइँदै

कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइँदैछ।

मूलधारका क्षेत्रीय सिनेमा, जो हुन् करोड क्लबका मालिक

भारतमा पछिल्लो समय क्षेत्रीय (रिजनल) चलचित्रको 'क्रेज' बढेको छ। कोभिडपछि विभिन्न ओटीटी माध्यममार्फत 'एक्स्पोज' पाएसँगै नेपाली सिनेमा हलमा पनि यस्ता चलचित्रले स्थान पाउने र दर्शक तान्ने गरेका छन्।

दुई देशको साझा छठघाट

महोत्तरी र धनुषा छुट्याउँदै भारत झर्ने बिगही नदीमा दुई देशको साझा घाट बनेको छ।

मिथिलाञ्चलमा गोधन कुट्ने पर्व मनाइँदै

गोधन कुट्ने पर्व मिथिलाको सांस्कृतिक पहिचान र नारीको श्रम तथा आस्थाको उत्सव हो।

बालगोपालेश्वर मन्दिरमा आज दिदीबहिनी नहुनेहरूले लगाए भाइटीका (तस्वीरसहित)

दिदीबहिनी वा दाजुभाइ नहुनेले यस मन्दिरमा गएर भगवान् बालगोपालेश्वरको दर्शन गरी टीका लगाउने चलन निकै पुरानो र सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ।

मगर समुदायको देउसी भैलो (तस्वीरहरू)

मगर समुदायले देउसी भैलोसँगै झौरे नाच, मारूनी लगायतको नाचगान गरि तिहार मनाउने गरेका छन्।

नेपाल संवत् ११४६ प्रारम्भ, मुख्य शहरमा शुभकामना र्‍याली

नेपाल संवतलाई विशेष रूपमा नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन्।