AnonymousUser

Logout

भीमेश्वर नगरपालिकाका विद्यालयमा शिक्षक–विद्यार्थी अनुपातमा बेमेल, ‘निष्क्रिय’ शिक्षक बढ्दै

भीमेश्वर नगरपालिकाले विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी मिलान गरी कामकाजमा खटाउन नसक्दा शिक्षकहरू कामविहीन हुन पुगेको स्थानीयको भनाइ छ।

त्रिभुवन विश्वविद्यालयको पठनपाठन कात्तिक १० सम्म बन्द

मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदे बिदाबाट कटौती गर्ने गरी सम्पूर्ण पठनपाठन बन्द गर्ने निर्णय गरिएको त्रिविले जनाएको छ।

म्याग्दीका क्याम्पसमा विद्यार्थी संख्या निरन्तर ओरालो

विद्यार्थीहरू कक्षा १२ सकेपछि रोजगारीसँगै आम्दानी गर्ने अवसर खोज्दै ठूला शहरका क्याम्पसमा भर्ना भएर तयारी गर्ने र उच्च शिक्षा पूरा नहुँदै विदेश जाने क्रम बढेको छ।

पुल नहुँदा ‘मेचीपारि’को विद्यालयमा पठनपाठन ठप्प

हिउँदमै घुँडामाथि पानी हुने मेची नदीमा पुल नभएका कारण शिक्षक र कर्मचारीहरू बर्खाको भेलमा पौडी खेलेर मेचीपारि विद्यालय पुग्न सम्भव छैन।

पर्वतका ३१ विद्यालय विद्यार्थीविहीन, रित्ता विद्यालय रुँग्दै शिक्षक

शून्य विद्यार्थी हुने अधिकांश विद्यालय आधारभूत र प्राथमिक तहका रहेका छन्। लामो समयदेखि विद्यार्थी संख्या शून्य हुँदा पनि विद्यालय समायोजन गर्ने प्रक्रिया थालिएको छैन।

कक्षा १२ को नतिजा सार्वजनिक, ६१.१७ प्रतिशत उत्तीर्ण

कक्षा १२ को परीक्षामा ६१.१७ प्रतिशत उत्तीर्ण भएका छन् भने ३८.८३ प्रतिशत विद्यार्थी ननग्रेड भएका छन्।

साक्षरता दर कम भएको मधेशको बजेटमा शिक्षा नै छैन प्राथमिकतामा

मधेश सरकारले चालु आवका लागि झन्डै ४७ अर्बको बजेट ल्याउँदा ७ प्रतिशत मात्र शिक्षा तथा संस्कृति मन्त्रालयका लागि छुट्यायो। त्यसमा पनि संस्कृतितर्फ धेरै कार्यक्रम छन्। जबकि, मधेश साक्षरता दर कम भएको प्रदेश हो।

विकेन्द्रीकरण माग गर्दै शिक्षक र विद्यार्थीले पारे‍ शैक्षिक गतिविधि ठप्प

त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानका सबै आंशिक क्याम्पसमा विकेन्द्रीकरण तथा स्वायत्तता पुनः लागू गर्नुपर्ने माग राख्दै १३ दिनदेखि विद्यार्थी र शिक्षक आन्दोलित हुँदा पठनपाठन ठप्प भएको छ।

विद्यालय शिक्षा विधेयक पारित गर्न तयार छन् सांसद, तर कसले अड्काइरहेछ?

शिक्षा समितिका सांसद विद्यालय शिक्षा विधेयक पारित गर्नुपर्ने पक्षमा देखिए पनि दलका शीर्ष नेतृत्व र शिक्षामन्त्री नै शिक्षक महासंघको दबाबमा परेपछि अनिश्चित बनेको छ।

रित्ता कक्षाकोठा रुँगेर बस्छन् म्याग्दीका सामुदायिक विद्यालयका शिक्षक

सुविधायुक्त भवन, दरबन्दीअनुसार स्थायी शिक्षक, विज्ञान, कम्प्युटर प्रयोगशाला र पुस्तकालय भएका सदरमुकाम बेनीबजार आसपासका सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बर्सेनि घट्दो छ।

धुलिखेलमा ‘परामाणविक केन्द्र’ निर्माणार्थ प्रक्रिया बढाइँदै

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उक्त केन्द्र निर्माण गर्न लागेको हो।

सीटीईभीटीमा अनुत्तीर्णलाई उत्तीर्णको प्रमाणपत्र बनाइदिने धन्दा

परीक्षामा पटकपटक असफल भएका विद्यार्थीलाई सीटीईभीटीका उच्च तहका कर्मचारीकै मिलेमतोमा उत्तीर्णको प्रमाणपत्र बनाइए पनि कसैलाई कारबाही गरिएको छैन। कसरी बनाइयो प्रमाणपत्र?

देशभर शुरू भयो कक्षा १२ को परीक्षा

परीक्षामा कम श्रवणशक्ति, दृष्टिविहीन, सुस्त मनस्थिति वा अरू प्रकृतिको अपांगता भएका परीक्षार्थीका निम्ति विशेष व्यवस्था गरिएको बोर्डले जनाएको छ।

कक्षा १२ को परीक्षा निर्धारित समयमा हुन्छ, गलत हल्लाका पछाडि नलागौँ: बोर्ड

परीक्षाका सन्दर्भमा अनधिकृत तवरले विभिन्न सामाजिक सञ्जालमा बोर्डको लोगो प्रयोग गरी प्रचार भएकामा आपत्ति प्रकट गर्दै भ्रामक सूचनाका पछाडि नलाग्न आग्रह गरिएको छ।

शिक्षक र सरकारबीच भयो ९ बुँदे सहमति, आन्दोलन रोकिने

विद्यालय शिक्षा विधेयक असार १५ गतेभित्र पारित गर्नेबारे पनि सरकारले प्रतिबद्धता जनाएको छ। तर तोकिएको समयमा ऐन जारी नभए अहिलेकोभन्दा झन् कडा आन्दोलन गर्ने शिक्षक महासंघको भनाइ छ।

शिक्षक आन्दोलनबारे सर्वोच्चले दिएको आदेश के हो?

अदालतले शिक्षक आन्दोलनका कारण विद्यार्थीको पढाइ र परीक्षा प्रभावित भएको विषयलाई गम्भीर रूपमा लिए पनि शिक्षकहरूको ‘जायज र संविधानसम्मत माग’ के–के हुन्? भन्ने स्पष्ट पारेको छैन। 

शिक्षक आन्दोलनमा राजनीतिः दलहरूका आ–आफ्नै दाउपेच

नयाँ संविधान बनेयता चौँथो पटक शिक्षकहरू आन्दोलनमा छन्। यसअघि तीन पटक आन्दोलन हुँदा सरकारको नेतृत्वमा क्रमशः एमाले, कांग्रेस र माओवादी थिए। शिक्षकको आन्दोलनमा कसरी घुसेको छ राजनीति?

कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नयाँ तालिका सार्वजनिक गरेको छ।

कक्षा १२ को परीक्षा नरोक्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

आवश्यक सबै तयारी भइसकेकाले परीक्षा नरोक्ने र तोकिएकै मितिमा सञ्चालन गर्ने निर्णय गरिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताएका छन्।

कर्णालीको शिक्षा रूपान्तरणको माग गर्दै सम्पन्न भयो एजुकेसन एक्स्पो

सुर्खेतमा तीन दिनसम्म चलेको एक्स्पोले शिक्षा प्रणालीमा आमूल परिवर्तनको अभियानलाई सार्वजनिक बहसको विषय बनाउनुपर्नेमा जोड दिएको छ।