प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ, प्रतिनिधिसभाकाे समानुपातिकतर्फ, प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फ र प्रदेशसभाको समानुपातिकतर्फका १/१ गरी चारवटा छुट्टाछुट्टै मतपत्र पेटिकामा खसाल्नु पर्छ।
बजेट अभावमा मतदाता शिक्षा कार्यक्रमका लागि घरदैलो कार्यक्रम गर्न नसकिएको बताउने निर्वाचन आयोगले कलाकारहरूलाई राखेर चारतारे होटलमा मतदान गर्ने तरिका सिकाउँदै प्रचार गरिदिन आग्रह गरेको थियो।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनलाई समावेशी, लैङ्गिक एवं अपाङ्गतामैत्री बनाउन प्रमुख निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएका छन्।
लोसपाले चुनावी घोषणापत्रमा संसदीय व्यवस्था र मिश्रित निर्वाचन प्रणालीको निरन्तरतामा नै जोड दिएको छ।
समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने संसद् र प्रत्यक्ष निर्वाचिन कार्यकारी प्रमुख पार्टीकाे मुख्य एजेण्डा भएको जसपाले जनाएकाे छ।
नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत पार्टीले स्वास्थ्यसम्बन्धी विभिन्न घोषणा गरेका छन्।
कांग्रेसबाट चुनाव हार्नेमा महामन्त्री सूर्यप्रसाद उपाध्याय, प्रचार विभाग प्रमुख कृष्णप्रसाद भट्टराई, पूर्वमहामन्त्री महेन्द्रविक्रम शाहलगायत थिए। कतिपय उम्मेदवारलाई बागी उम्मेदवारले पराजित गरेका थिए।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रभन्दा ढिलो घोषणापत्र सार्वजनिक गरेको एमालेले त्यसमा आफ्ना ‘२० ग्यारेन्टी’ घोषणा गरेको छ जसमा ‘नेपालीलाई मात्र नागरिकता दिइने’ उल्लेख छ।
माओवादीले निर्वाचन प्रणालीलाई पूर्ण समानुपातिक बनाइने वाचा पनि गरेको छ।
शीर्ष सत्तारूढ दल नेपाली कांग्रेसले शनिबार घोषणापत्र सार्वजनिक गरेको छ। घोषणापत्रमा कांग्रेसले ‘कोखदेखि शोकसम्म’का कार्यक्रम सार्वजनिक गरेको छ।