AnonymousUser

Logout

रोचक प्रतिस्पर्धा कहाँ? नक्सामा हेर्नुहोस्

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ अन्तर्गत सात प्रदेशका २० निवार्चन क्षेत्रका प्रतिस्पर्धी उम्मेदवारको संक्षिप्त विवरण हामीले यो नक्सामा प्रस्तुत गरेका छौँ।

यी हुन् कडा प्रतिस्पर्धा भइरहेका ४१ निर्वाचन क्षेत्र

यसपालिको संघीय निर्वाचनमा १६५ मध्ये १२४ वटा क्षेत्रहरूबाट को विजयी हुन्छ भनेर अनुमान गर्न सकिन्छ, तर ४१ क्षेत्रमा कडा प्रतिस्पर्धा छ। कुन हुन् ती क्षेत्र? 

आज चुनाव प्रचारको अन्तिम दिन, शीर्ष नेताहरू कहाँ जाँदैछन्?

आज राति १२ बजेसम्म मात्रै चुनाव प्रचार गर्न पाइने भएकाले राजनीतिक दल, उम्मेदवार र नेताहरू अन्तिम प्रचारमा व्यस्त छन्। शीर्ष नेताहरूले दिउँसाे विभिन्न जिल्लामा आयाेजित चुनावी सभालाई सम्बाेधन गर्नेछन्।

देउवा र दाहाल सुर्खेतमा

देउवा र दाहालले सुर्खेत र दैलेखमा सत्ता गठबन्धनका चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

सर्लाही ४ : दुई गठबन्धनलाई पछि पार्दै स्वतन्त्रबीच नै प्रतिस्पर्धा!

सर्लाही–४ मा सत्ता गठबन्धनका उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका निवर्तमान कांग्रेस सांसद् अमरेशकुमार सिंह र माओवादी नेता शिवपुजन रायकी छोरी मधुमालाबीच मुख्य प्रतिस्पर्धा हुने स्थिति बनेको छ।

कञ्चनपुर–३ : ‘एक्लै अगाडि’ रहेको कांग्रेसमा किचलो, एमालेलाई राप्रपाको साथ

गएको स्थानीय तह निर्वाचनको मतका आधारमा कञ्चनपुर–३ मा कांग्रेस एक्लै अगाडि भए पनि दुई बागी उम्मेदवार र जिल्लामा दुई खेमाको अन्तरसंघर्ष रमेश लेखकका लागि अनुकूल नहुनसक्छ।

दल होइन, ‘व्यक्तित्वको भिडन्त’ भइरहेको बाँके–२ 

पश्चिम नेपालको प्रमुख शहर नेपालगञ्ज समेटिएको बाँके क्षेत्र नम्बर २ मा प्रमुख दल ‘सिन’मा छैनन्। साना पार्टीका ‘हेभीवेट’ उम्मेदवारबीच भइरहेको व्यक्तित्वको भिडन्त साँच्चिकै रोचक छ।

प्रधानमन्त्रीसहित गठबन्धनका नेता चितवनमा

सत्ता गठबन्धनका शीर्ष नेताले भरतपुरस्थित गेस्टहाउस चौरमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

ओली सुदूरपश्चिम जाँदै, डोटी र कैलालीका चुनावी सभालाई सम्बोधन गर्ने

एमाले अध्यक्ष केपी ओलीले डोटी र कैलालीका चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

गठबन्धनका शीर्ष नेता चितवन जाँदै

सत्ता गठबन्धनले चितवनमा शनिबार संयुक्त चुनावी सभा गर्न लागेको कांग्रेस चितवनका सचिव ध्रुव पोखरेलले बताए।

सर्लाही–२ : सत्ता गठबन्धनकै दुई उम्मेदवारबीच रोचक प्रतिस्पर्धा

सत्ता गठबन्धनबाट लोसपाका राजेन्द्र महतो र माओवादी केन्द्रको चिह्न लिएका महेन्द्र राय यादव दुवै उम्मेदवार भएपछि कांग्रेस समर्थकको मत निर्णायक हुने भएको छ।

बागी उम्मेदवारीले राजनीतिमा उथलपुथल हुन्छ भन्ने लाग्दैन : लेखक

नेपाली कांग्रेसबाट कञ्चनपुर-३ का प्रतिनिधिसभा उम्मेदवार रमेश लेखकले आफूविरुद्ध उठेका बागी उम्मेदवारलाई ‘स्वतन्त्र’ भन्न मिल्ने बताएका छन्। उनले तिनीहरूको प्रभाव नरहने दाबी समेत गरेका छन्।

जनताले गठबन्धन चिन्दैनन्, मेरो जित सुनिश्चित छ : पाल

एमालेबाट कञ्चनपुर-३ की प्रतिनिधिसभा उम्मेदवार निरूदेवी पालले आफ्नो जित सुनिश्चित भएको बताएकी छन्। उनले यस क्षेत्रका लागि विभिन्न महत्वाकांक्षी योजनासमेत अघि सारेकी छन्।

कैलाली–१ : रेशमको त्यो अप्रत्याशित जित, श्रीमती रञ्जिता उम्मेदवार बन्दा यसपालि पनि रोचक प्रतिस्पर्धा

२०७४ सालको आमनिर्वाचनमा भूमिगत रहेरै फराकिलो जित हासिल गरेका रेशम चौधरी यसपटक प्रतिस्पर्धामा छैनन्। तर, श्रीमती रञ्जिता नयाँ दल खोलेर उम्मेदवार बन्दा सत्ता गठबन्धन र एमालेलाई चुनौती बनेकी छिन्।

चितवन–१ : ठूला दलमा आन्तरिक किचलो, असन्तुष्टलाई तान्दै स्वतन्त्र पार्टी

आन्तरिक किचलोका कारण चितवन–१ मा एमाले उम्मेदवार सुरेन्द्र पाण्डे र कांग्रेस उम्मेदवार विश्व पौडेलले कार्यकर्ता परिचालन गर्न नसक्दा स्वतन्त्र पार्टीले भने आक्रामक चुनावी प्रचार गरिरहेको छ। 

स्थलगत : गाउँमा चुनावी रौनक कम, दलहरूप्रतिको वितृष्णा धेरै

निर्वाचन आउन केही दिन मात्र बाँकी हुँदा लुम्बिनीका दुई जिल्ला पश्चिम नवलपरासी र रुपन्देहीका धेरै बस्तीमा चुनावी चहलपहल छैन। दलहरूप्रति वितृष्णा हुँदा मतदाताले चुनावलाई 'उत्सव'को रूपमा लिन सकेका छैनन्।

चुनाव नयाँ, अजेन्डा पुरानै

राजनीतिक दलले राष्ट्र, राष्ट्रियता, आत्मनिर्भर अर्थतन्त्र, रोजगारी, पूर्वाधार निर्माण, नागरिकता, धर्म संस्कृतिसँग जोडिएका विषयवस्तुलाई नै आसन्न निर्वाचनकाे मुद्दा बनाएका छन्।

रूपन्देही–३ को घमासान : बालकृष्ण खाँणलाई झस्काइरहेको त्यो ‘विद्रोही चोक’ 

गठबन्धन, सत्ता र शक्ति सबथोक हुँदाहुँदै पनि रूपन्देही–३ मा गृहमन्त्री बालकृष्ण खाँण ‘सुरक्षित’ महसुस गरिरहेका छैनन्। कारण हो, २०५१ सालको ‘विद्रोही चोक’ सम्झाउने कांग्रेसभित्रको असन्तुष्टि।

प्रधानमन्त्री देउवा गृहजिल्लामा व्यस्त, आज दुई चुनावी सभालाई सम्बोधन गर्ने

चुनावी प्रचारप्रसारका क्रममा प्रधानमन्त्री देउवा बिहीबारदेखि गृहजिल्ला डडेलधुरामा छन्।