AnonymousUser

Logout

उहिलेका गुरु-चेलीबीच अहिले पुस्तक, प्रेम र फिल्मका कुरा (भिडियोसहित)

फिल्म निर्देशक केसाङ र लेखक मन्जुश्री गुरु-चेली हुन्। आ–आफ्ना प्रेमको बन्दोबस्त र पारिवारिक चाँजोपाँजो मिलाउने क्रममा जोजहाँ पुगे पनि यी गुरु–चेलीका लेखन, पठन, फिल्म र प्रेमका संयोगहरू भने उस्तै छन्।

थबाङको घाउमा जापानी डाक्टरको मलम

डा. र्‍युचिकी इसिदा ४० वर्ष आफ्नो देश जापानमा सेवा गरेपछि अवकाश प्राप्त जीवन बिताउन नेपाल आए। १६ वर्षदेखि थबाङमा बसेर उनले त्यहाँको अस्थायी स्वास्थ्य चौकीलाई अस्पतालमा परिणत गरेका छन्।

पारा ओलम्पियन भरतको यात्रा: एक हातले लेखिएको सपना

कहिले झैझगडामा रमाउने त कहिले ‘डन’ बन्ने सपना देख्ने भरत अहिले अन्तर्राष्ट्रिय रंगशालामा देशको झन्डा बोकेर उभिन सफल भएका छन्। एक हात नहुनु उनको कमजोरी होइन, देशका लागि गर्वको विषय बनेको छ।

मान्छेको माया यहाँ...

अघिल्लो युवक र पछिल्लो युवतीमार्फत पस्किएको हरफ आनकातान फरक छ। युवतीले मायालाई आँखाको नानी र उज्यालो ल्याउने बिहानीसँग दाँजेकी छिन्।

मेरो ८२ बर्से जोबन (भिडियोसहित)

जीवनमा अभाव, संकट, कठिनाइ सबै कुरा रहे। तर पछुतो कहिल्यै रहेन। शिक्षकका रूपमा पनि अथवा लेखककै रूपमा पनि— सधैँ सन्तोषमा रहेँ।

चोकाछे गल्लीमा मेरो बास

हुलाकी सडकले छोएको सिरहा, नरहनियामा ७७ वर्षअघि जन्मे–हुर्केका योगेन्द्र पूरापूर मैथिलभाषी परिवारका सदस्य थिए। गुरुकुल पढाइमा हिन्दीभाषी बने, विद्यालयमा पुगेर नेपालीभाषी र विश्वविद्यालयमा अंग्रेजीभाषी।

अक्वारियमका रंगीन माछाः सोखसँगै मानसिक तनाव घटाउने उपाय

शहरी क्षेत्रका घर तथा कार्यालयमा रंगीन माछाका अक्वारियम प्रशस्तै देखिन्छ। यस्ता माछा पाल्ने सोख पूरा गर्दा मानसिक तनाव पनि हट्ने मनोविद्हरू बताउँछन्। अक्वारियममा कस्ता माछा पाल्ने, कति मूल्य पर्छ?

बिछोडिएकी जीवनसंगिनीलाई कवितामा बचाइरहेका जोशी

तीन वर्षअघि जोशीको जीवनबाट कदम छुट्टिइन्। त्यसयता लेखनी नै उनको सहारा भएको छ, जहाँ उनी कदमलाई नै लेख्छन्, देख्छन्, पाउँछन्, संवाद गर्छन् र उनकै स्मृतिमा सयर गर्छन्। 

एक्ला कुलबहादुरको घर नै अटो, त्यो पनि भएन आफ्नो

कुलबहादुरले ह्विलचेयर बास्केटबल खेले। पौडिने, नाच्ने, गाउने गरे। राम्रो प्रशिक्षण पाए अहिले पनि खेलमा जम्ने हिम्मत छ। तर खेलेर खान पुगेन। चार वर्षदेखि अटो कुदाउँछन्। एक्ला कुलबहादुरको घरै अटो।

एक्ला कुलबहादुरको घर नै अटो, त्यो पनि भएन आफ्नो

कुलबहादुरले ह्विलचेयर बास्केटबल खेले। पौडिने, नाच्ने, गाउने गरे। राम्रो प्रशिक्षण पाए अहिले पनि खेलमा जम्ने हिम्मत छ। तर खेलेर खान पुगेन। चार वर्षदेखि अटो कुदाउँछन्। एक्ला कुलबहादुरको घरै अटो।

पाकिस्तानकी सीमा र भारतीय सचिन : प्रेमको देश र धर्म हुँदैन

सीमाको प्रेमको उडानलाई तथाकथित 'अनर' (इज्जत) को सिमाना भत्काउने दृष्टान्तका रूपमा पनि लिन सकिन्छ। दुःखको कुरा, महिला भएकै कारण सीमाका अगणित दुःखहरू बाँकी नै छन्।

‘प्राइड मन्थ’ उत्सवः फेरिँदैछ समाज, खुल्दैछन् लैंगिक अल्पसंख्यक

यौनिक तथा लैंगिक अल्पसंख्यकहरू खुल्दै जाँदा हिंसाका घटना पनि बढ्दै गएको एक अध्ययनले देखाएको छ। तर, युवा पुस्ता भने एलजीबीटीआईक्यूए प्लस समुदायप्रति सचेत देखिन्छ।

१०२ वर्षका ईश्वरीप्रसाद: बेलायती सेनाको जागिर छाडेर आउँदा ल्याएका ती हार्मोनियम र कल

अंग्रेज शासनकै पालामा कलकत्ता पुगेर ईश्वरीप्रसाद दाहाल बेलायती सेनामा भर्ती भए। त्यहाँबाट फर्किँदा हार्मोनियम र लुगा सिउने कल लिएर आए। अहिले उनले लगाएको कमिज पनि कुनै समय आफैँले सिलाएका हुन्।

तीन दशकदेखि नेपालमै रमाएका ‘ओकेबाजे’

ओकेबाजेले पाल्पाका विविध समस्यालाई जापानी संघसंस्थाको सहकार्यमा समाधान निकाल्दै आएका छन्। शिक्षा, स्वास्थ्य, सिँचाइ, खानेपानी, भवन निर्माण, आमा समूहलगायतका धेरै क्षेत्रमा उनको सहयोग छ।

मानव सेवाले दिएको खुसी....

सबै मान्छेसमानरूपमा बाँच्न पाउनुपर्छ भनेर वकालत गर्ने सञ्जिता गौतमको लक्ष्य नै दिनदुखी र गरिबकाे सेवा गर्ने थियो। हेटाैँडाबाट मानव सेवा सुरु गरेकी उनी सुर्खेतमा रहेकाे मानव सेवा आश्रममा सेवारत छिन् ।