नेपाल तथा मध्यपूर्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई पोर्चुगलमा काम लगाइदिने बहानामा ठगीधन्दा भइरहेको जानकारी प्राप्त भइरहेको दूतावासले जनाएको छ।
युक्रेनबाट दुई नेपाली नागरिकको उद्धार गरिएको र उनीहरूलाई शुक्रबार दिउँसो स्वदेश फर्काउन लागिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
गत वर्ष हिंसात्मक आन्दोलनसँगै शेख हसिनाको सत्ता ढलेपछि यूएईले बांग्लादेशी नागरिकलाई भिसामा प्रतिबन्ध लगाएको थियो। जेनजी आन्दोलनपछिको सरकार परिवर्तनसँगै यूएईले नेपालीलाई पनि सबैखाले भिसा बन्द गरेको छ।
नेपाल र साउदी अरेबियाबीच श्रम सम्झौता पत्रमा हस्ताक्षर गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ।
कुवेतस्थित नेपाली दूतावासले विषादीयुक्त मदिरा सेवनबाट ३५ जना नेपाली अस्पतालमा भर्ना भएको र तीमध्ये 'केहीको ज्यान गएको' भन्दै अपुष्ट सूचना जारी गरेको थियो।
श्रम स्वीकृति नलिई साउदी अरेबियामा कार्यरत नेपाली श्रमिकको श्रम वैधानिकीकरणको काम शुरू भएको छ।
नेपालमा भिजिट भिसामा हुने सेटिङबारे अख्तियारले अनुसन्धान थालेपछि मानव तस्करहरूले नेपालीलाई खाडी मुलुक तथा युरोप पुर्याउन भारतको बाटो प्रयोग गरिरहेका छन्।
मानव तस्करका विभिन्न गिरोहमार्फत घरेलु कामदारका रूपमा कुवेत जान सुनौली नाका हुँदै दिल्ली पुगेका ती महिलाहरूमध्ये कतिपय १०-१२ वर्ष साउदी–कतारमा काम गरी फर्किएकाहरू पनि छन्।
इजरायल–इरानबीचको युद्ध रोकिए पनि पूर्णरूपमा जोखिम टरेको छैन। छिमेकी देशसँग इजरायलको शत्रुतापूर्ण सम्बन्ध भएकाले युद्ध कहिले भड्कन्छ थाहा हुन्न। तर त्यहाँका नेपाली युद्धकै अवस्थामा पनि फर्कन चाहँदैनन्।
इरानमा रहेका ११ नेपाली श्रमिक भारतको सहयोग र समन्वयमा राजधानी तेहरानबाट ९०० किलोमिटर टाढाको मासाद शहरमा आइपुगेका छन्।
इरान–इजरायलबीच बढ्दै गएको द्वन्द्वसँगै इजरायलमा कार्यरत नेपालीको उद्धार तथा स्वदेश फिर्तीका लागि अनलाइन रजिस्ट्रेसन शुरू गरेको दूतावासले जनाएको छ।
तेहरानमा रहेका नेपाली श्रमिकले तत्काल सुरक्षा स्थिति सहज भए पनि अवस्था बिग्रिँदै गएमा ‘घर फर्कन तयार रहेको’ बताएका छन्।
इरान र इजरायलबीचको बढ्दो तनावले त्यहाँ कार्यरत नेपाली श्रमिकहरूको सुरक्षामाथि गम्भीर चिन्ता बढाएको छ। तर युद्धको जोखिम भएका यस्ता देशहरूमा नजान नेपाली श्रमिक र सरकार दुवै गम्भीर देखिएका छैनन्।
युक्रेनसँग लड्न रुसी सेनामा भर्ती भएका ७३ नेपालीको युद्धका क्रममा मृत्यु भइसकेको सरकारले नै पुष्टि गरेको छ। तर अहिलेसम्म एउटा पनि शव नेपाल ल्याइएको छैन।
श्रममन्त्री भण्डारीले घरेलु श्रमिकको सम्झौतालाई थाती राखेर सामान्य र सीपयुक्त श्रमिकको सीप प्रमाणीकरण कार्यक्रमसम्बन्धी तत्काल दुई वटा सम्झौता गर्न साउदी अरब तयार भएको बताए।
ड्युटीका लागि रेड जोन जाँदा ३० जना थिए, फर्किंदा सुमनले गाडीमा १२ सैनिक मात्रै गने। त्यसमध्ये पनि एक नेपाली र कमान्डर मात्रै सद्दे थिए। कतिका हात, कतिका खुट्टा र आधा शरीर नै बमले उडाइदिएको थियो।
सेन्दान इन्टरेनसनल कम्पनीमा कामविहीन भएका नेपाली कामदारलाई स्वदेश फर्काउनका लागि आवश्यक पहल थालेको दूतावासले जनाएको छ।
सरकारले रोजगारीमा जान प्रतिबन्ध लगाएको इराक पुर्याएर मानव तस्करहरूले नेपाली महिलालाई घरेलु कामदारको रूपमा बेच्ने गरेका छन्। कागजपत्र नहुँदा त्यहाँ फसेका नेपाली बन्धक बन्नुपरेको छ।
भारतको ओडिसास्थित केआईआईटीमा पढ्ने नेपाली विद्यार्थी प्रकृति लम्साल मृत भेटिएको झन्डै २ महिना भइसकेको छ। यो घटनामा ओडिसा पुलिसले गरिरहेको अनुसन्धान सकिन अब कति समय लाग्छ?
थुनामा २२ महिना राखेपछि अमेरिकाको अदालतले उनको शरणार्थी दाबी अस्वीकार गरिदियो। उनी १० वर्षसम्म अमेरिका छिर्न नपाउने गरी डिपोर्ट भए। यद्यपि, नियमित उडानबाटै स्वदेश फर्कन पाए।