रेबिजबाट मृत्यु हुनेको संख्या ग्रामीण क्षेत्रमा धेरै छ। जनचेतनाको कमीले गर्दा कुकुरले टोकिसकेपछि वा भाइरसको संसर्गमा आएपछि उपचारमा नजानु नै मृत्युको कारण बन्ने गरेको छ।
आन्दोलनका क्रममा वा सवारीसाधन, कार्यस्थल तथा अन्य दुर्घटनापछि मेरुदण्ड, हड्डी र नसामा चोट पुगेका घाइतेलाई थप क्षति पुग्न नदिनेगरी उद्धार गर्दा दीर्घकालीन अपांगता हुने जोखिम कम हुन्छ।
दशैँ उनीहरूका लागि पीडाको कारण बनेर आउँछ, किनकि चाडबाडमा मानिसहरू गाउँ फर्किँदा मन्दिरमा भीड घट्छ। भीड कम हुनु भनेको सहयोग घट्नु हो र सहयोग घट्नु भनेको सञ्जीवको जीवनको घडी सुस्त चल्नु हो।
शारीरिक व्यायामका लागि धेरैले दौडलाई सजिलो उपाय मान्छन्, तर अव्यवस्थित कुदाइले घुँडा, गोलीगाँठो र मांशपेशीमा समस्या ल्याउँछ। दौडने स्थान पनि सहज र व्यवस्थित हुनु आवश्यक छ।
फिटनेसमा रुचि राख्ने युवाका लागि रन क्लबहरू स्वास्थ्य र सामाजिक सम्बन्ध बढाउने महत्त्वपूर्ण माध्यम बनेका छन्। कोभिड-१९ महामारीपछि रन क्लबप्रति युवाको आकर्षण बढ्दै गएको छ।
नेपालमा यस वर्ष डेंगी संक्रमितको संख्या अघिल्लो वर्षको तुलनामा कम देखिए पनि स्वास्थ्य मन्त्रालयले जोखिम उस्तै रहेको भन्दै नागरिकलाई सचेत रहन आग्रह गरेको छ।
स्कुलमा गरिने ‘बुलिङ’, पारिवारिक सम्बन्ध, एक्लोपना, सामाजिक सञ्जालबाट बन्ने सम्बन्धलगायत कारण बालबालिकाले आत्महत्या गरिरहेका छन्। अभिभावकले कुरा सुनिदिँदा मात्र पनि बालबालिका जोगिन सक्छन्।
खाडी मुलुकमा अत्यधिक गर्मी हुने र श्रमिकले पर्याप्त पानी सेवन नगर्ने, अस्वस्थ जीवनशैली अपनाउने, धुम्रपान तथा मध्यपान गर्ने तथा दीर्घरोगजस्ता कारण वैदेशिक रोजगारीमा जानेलाई हृदयघातको जोखिम हुन्छ।
काठमाडौँ महानगरले अटिजम तथा डाउन सिन्ड्रम भएका बालबालिकाका लागि ६ वटा विद्यालयमा विशेष कार्यक्रम चलाउने भएको छ। ती विद्यालयमा विशेष संरचना पनि बनाइनेछ।
पछिल्लो समय नेपालमा हुने कुल मृत्युमध्ये ७० प्रतिशतभन्दा बढी नसर्ने रोगबाट हुन्छ। मुख्य नसर्ने रोगमा क्यान्सर, मधुमेह, हृदय र श्वासप्रश्वाससम्बन्धी हुन्, जसको कारण अस्वस्थ जीवनशैली हो।
मिर्गौला प्रत्यारोपणको प्रतीक्षामा रहेका ९० प्रतिशत बिरामी अंगदाता नपाएर ज्यान गुमाउँछन्। मस्तिष्क मृत्यु कार्यक्रम सफल भए सुश्रीताजस्तै धेरैले जीवनदान पाउन सक्छन्।
व्यस्त जीवनशैलीका कारण व्यायाम तथा खानपानको समय मिलाउन नसकेर शारीरिकसँगै मानसिक समस्याले गाँजेपछि पछिल्लो समय शहरी क्षेत्रका बासिन्दामा जिम, योग, जुम्बा र ध्यानको मोह बढ्दै गएको छ।
विश्व खाद्य तथा कृषि संगठनले किम्बुलाई एशियाली मुलुकहरूको आर्थिक रूपान्तरणमा भूमिका खेल्न सक्ने बिरुवाका रूपमा परिभाषित गरेको छ। सहजै उपलब्ध यो वनस्पति/फल स्वास्थ्य र आर्थिक दुवै दृष्टिले लाभदायक छ।
सरकारले निःशुल्क दिने घोषणा गरेको मस्तिष्कघातको औषधि सिफारिस गर्न न्युरोलोजिस्टलाई मात्र दक्ष मानिन्छ। त्यसैले यो सेवा केही अस्पतालमा सीमित हुँदा प्रभावकारितामा मन्त्रालयकै अधिकारी शंका गर्छन्।
मौसमी ‘फ्लु’का कारण जटिलता निम्तिएको खण्डमा निमोनिया, मुटुको चालमा गडबडी, रगतमा संक्रमणसमेत हुनसक्ने भएकाले उच्च सतर्कता अपनाउनुपर्ने चिकित्सकको सुझाव छ।
‘चाडपर्व त सबैलाई आउँछ। त्यसो भन्दैमा हामी स्वास्थ्यकर्मीले कहाँ छुट पाइन्छ र। कोही बिरामी समस्यामा नपरोस् भनेर एक्लै भए पनि बसेर सेवा दिन्थेँ।’
बर्सेनि मस्तिष्कघातका झन्डै ८०० बिरामीको मृत्यु हुने गरेको छ। यो तथ्यांक अस्पतालमा भर्ना हुन आएकाहरूको हो। अस्पताल आइनपुग्ने वा मस्तिष्कघातबारे थाहा नपाएर उपचारमै नआउनेको संख्या पनि ठूलो छ।
परेवा मानिसको आसपास बस्न रुचाउँछ। घरमा पालिने यो चरो धार्मिकस्थलमा पनि छाडिन्छ। तर परेवा पाल्ने, खुवाउने र मल व्यवस्थापन गर्ने मात्र नभई संसर्गमा पुग्नेलाई पनि फोक्सो संक्रमणलगायत रोगको जोखिम हुन्छ।
नेपालमा सर्पदंश उपचार केन्द्र १०५ वटा छन्, तर जनचेतना अभाव र समयमै अस्पताल पुर्याउन नसक्दा धेरैले ज्यान गुमाउँछन्। अन्धविश्वासका कारण पनि सर्पदंशपछि कतिपयको मृत्यु हुने गरेको छ।
विश्व स्वास्थ्य संगठनले एक वयस्क व्यक्तिले दैनिक ५ ग्राम वा १ चिया चम्चा नुनको प्रयोग गर्न सुझाएको भए पनि हामी नेपालीहरूले औसत ९.१ ग्राम नुन खपत गरिरहेका विभिन्न अध्ययनहरूले जनाएका छन्।