कच्ची घर बर्सेनि लिपपोत गर्नुपर्ने, छानो फेर्नुपर्नेलगायत झन्झटले पराम्परागत घर विस्थापित हुँदै गएका छन्।
एकैछिन बाहिर गए आउने बेला बारीमा मकै नरहने हुँदा किसान दिनभरि बारी छेउमा कुरुवा बस्न बाध्य छन्। कतिपय खेतबारी बाँदरकै कारण बाँझिएका छन्।
खहरे गाउँमा मौलिक परम्परा बोकेका घर भेट्टाउनै मुस्किल छ। सडकको छेउछाउमा रहेका खेतीयोग्य जमिन मासेर कंक्रिटका नयाँ घर भवन बनिरहेका छन्।
आगामी दिनमा निर्माण हुने घरमध्ये आर्थिक अवस्था कमजोर भएकालाई ढुंगाको घर निर्माणका लागि गाउँपालिकाले सहयोग गर्ने तयारी रहेको गाउँपालिका अध्यक्ष गुरुङ जानकारी दिए।