रसिक आफ्ना दौँतरी भोजपुरेझैँ मन खोलेर हाँस्थे। हाँस्दा–हाँस्दै आँशु झार्थे। अनि भन्थे– आफू रोएको किन देखाउनु कसैलाई?
लीलबहादुर भन्थे, ‘दुःख र गरिबीका कारण उज्यालो बाटो खोज्दै भागेर जो जहाँ पुगे पनि संघर्ष र नियति दुवै तावाबाट उफ्रेर भुंग्रोमा भनेझैँ मात्रै हुने रहेछ। यसकारण म केही कुरोमा पनि पछुतो मान्दिनँ।’
धनमा अम्बानी/अडानी अनेकन घरानाले उछिने पनि टाटाले जस्तो इज्जत, मान–सम्मान अरुले पाउन करिब असम्भवै छ। परोपकारी काम र ‘इथिकल’ व्यापारले टाटालाई आमव्यापारीभन्दा फरक कोटीमा राख्छ।
‘अमेरिकन हिमालयन फाउन्डेसन’ स्थापना गरेका फाइन्सटाइनका श्रीमान् ब्लम नेपालको हिमाली समुदायसँग काम गर्न बर्सेनिजसो नेपाल आउँथे। फाइन्सटाइन पनि एकपटक नेपाल आएकी थिइन्। उनी नेपालको असल मित्र थिइन्।
डा. पुष्पराज रिजालले साँझ ६ बजे नेम्वाङलाई फोन गरेका थिए। त्यसबेला नेम्वाङले नै उनलाई आउनुपर्दैन भनेर आश्वस्त पारेका थिए। रिजाल भन्छन्– ‘म ठीक छु। खाना खाएँ। तपाईं आउनु पर्दैन, तनाव नलिनुस् भन्नुभयो।’
शान्ति प्रक्रियामा आएपछि पनि पहिलेजसरी नै कुनै दिन युद्धविराम तोडिन्छ भन्ने लाग्थ्यो। हामीलाई शीर्ष नेताहरू त्यसै भन्थे। धेरै पछि थाहा भयो, नेतृत्वले झूटो सपना देखाएर अल्झाइरहेको रहेछ।
१८५९ कात्तिकमा नायवी प्रथाको अन्त्य भई मुख्तियारी प्रथाको शुरू भएको र प्रथम मुख्तियारमा दामोदर पाँडे नियुक्त भएको प्रतिष्ठानले स्मृति दिवसका अवसरमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको सम्झनामा शनिबार वसन्तपुरस्थित दश अवतार मन्दिरको डबलीमा नेवा देय् दबुको संयोजकत्वमा श्रद्धाञ्जलिसभा गरिएको छ।
मानन्धर जोशीको दीर्घजीवनको कारण उनको क्रियाशीलतालाई ठान्छन् भने रिजाल जोशीबाट जीवन जिउने कला सिक्नुपर्ने बताउँछन्।