इक्वेडरमा चिकित्सकले मृत घोषणा गरेको पाँच घण्टापछि अन्त्येष्टिको ठीकअघि ७६ वर्षीया सेवानिवृत्त नर्स बेला मोन्टोयाले बायाँ हात हल्लाएर आफू जीवित भएको जनाउ दिएकी थिइन्।
इक्वेडरमा चिकित्सकले मृत घोषणा गरेको पाँच घण्टापछि ७६ वर्षीया एक महिला बौरिएकी छन्। कफनमा राखिएर अन्त्येष्टिका लागि ढक्कन खोलिँदा उनी जिवित भएको पाइएको थियो।
इक्वेडोरको बाबहोयो शहरकी सेवानिवृत्त नर्स बेला मोन्टोयालाई चिकित्सकहरूले मृत घोषणा गरेपछि शवलाई ‘कफिन’मा राखिएको थियो। त्यसपछि स्मृति सभा गरी अन्त्येष्टिका निम्ति समाधिस्थल लगिएको थियो। उनका छोरासहित मलामीले कफिनबाट शव निकाल्न खोज्दा उनले देब्रे हातले ढक्ढक्याएको विभिन्न सञ्चारमाध्यमहरूले जनाएका छन्।
सीएनएनका अनुसार सामाजिक सञ्जालहरूमा पोष्ट गरिएको भिडियोमा उनका छोरा गिल्बर्टो बार्बेराले भनेका छन्, “मैले कफिन खोलेपछि थाहा पाएँ, उनको मुटु धड्किरहेको थियो र उनले बायाँ हातले कफिनमा ढक्ढक्याइरहेकी थिइन्। ...हामीले यहाँ अस्पताल ल्याउन ९११ मा फोन गर्यौँ।”
बीबीसीले भने मृत घोषणा गरेको पाँच घन्टापछि अन्त्येष्टिका लागि लुगा फेरिदिन कफिन खोल्दा ती महिला जिउँदै रहेको पत्ता लागेको उल्लेख गरेको छ। बीबीसीले पनि उनको छोरालाई उधृत गर्दै कफिन खोल्दा उनले सास फेर्न प्रयास गरिरहेको पाइएको उल्लेख गरेको छ।
"आमाले बायाँ हात चलाउन थाल्नुभयो। त्यसपछि आँखा खोल्नुभयो अनि, मुख खोल्नुभयो। उहाँ सास फेर्न संघर्ष गरिरहनुभएको थियो," उनका छोराले भनेका छन्।
ती महिलालाई हृदयाघात भएपछि शुक्रबार अस्पताल भर्ना गरिएको थियो। चिकित्सकले उनलाई मृत घोषणा गरेको विषयमा अनुसन्धान गर्ने जनाउँदै त्यस निम्ति प्राविधिक समिति गठन गरिएको त्यहाँको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयको विज्ञप्तिअनुसार मोन्टोयालाई बाबाहोयोको मार्टिन इकाजा अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो।
अहिले उनलाई इकाजा अस्पतालको आईसीयूमा राखिएको छ। उनलाई मृत घोषणा गरिनुअघि जस्तै सुविधा दिएर राखिएको बताइएको छ। तर, उनको पछिल्लो अवस्थाबारे केही जनाइएको छैन। उनको अवस्थाबारे जानकारी लिन अस्पतालमा कल गरे पनि कुनै प्रतिक्रिया प्राप्त नभएको सीएनएनले जनाएको छ।
अपडेट: अस्पताल भर्ना भएको सात दिनपछि जुन १६ मा ती महिलाको मृत्यु भएको छ। इक्वेडरको स्वास्थ्य मन्त्रालयले ‘हर्ट अट्याक’ (मुटुमा कम रगत प्रवाह) को कारण उनको मृत्यु भएको पुष्टि गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
