सभामुख देवराज घिमिरेले विधायिका संस्थामा सांसदहरूले खेल्ने भूमिका प्रभावकारी हुनुपर्ने बताएका छन्।
काठमाडौँ– सभामुख देवराज घिमिरेले संसदीय समितिका निर्देशनहरू सरकारले प्रभावकारी तवरले कार्यान्वयन गर्नुपर्ने बताएका छन्। काठमाडौँमा शुक्रबार आयोजित कार्यक्रममा सभामुख घिमिरेले समितिले दिएका निर्देशन औपचारिक मात्रै हुने गरेको भन्दै प्रभावकारी तवरले कार्यान्वयन हुनुपर्ने बताएका हुन्।
उनले सरकार समितिले दिएका निर्देशन कार्यान्वयन गर्न किन तयार छैन? भन्दै प्रश्न गरे। “हामीले समितिमार्फत सरकारका कामको निगरानी, निरीक्षण, योजना बनाउन लगाउने र सुझाव दिने काम गर्छौं। तर, यो प्रभावकारी छ जस्तो लाग्दैन। यो औपचारिक हिसाबले यो कुराहरू हुने गर्छ। तर, समितिले दिएका निर्देशन सरकारले कार्यान्वयन गर्न तयार किन छैन? या तयार छ हामीले देखिरहेका छैनौँ। यसलाई पनि समीक्षा गर्न जरुरी छ,” उनले भने।
उनले संसद् जनताप्रति उत्तरदायी हुन जरुरी रहेको बताए। उनले जनताको पक्षमा काम गर्न समयभित्रै ऐन बनाउन जरुरी रहेको उल्लेख गरे। उनले विधायिका संस्थामा सांसदहरूले खेल्ने भूमिका प्रभावकारी हुनुपर्ने बताए।
सभामुख घिमिरेले देश समृद्ध बनाउन र राष्ट्रको उन्नति गर्न सांसद र संसद् क्रियाशील बन्नुपर्ने बताए। उनले देशको पछौटेपन अन्त्य गर्न आर्थिक रूपमा सबल बन्नुपर्ने बताए। उनले संसदलाई सोझै जनताप्रति उत्तरदायी संस्था बनाउन अझै नसकिएको उल्लेख गरे।
राजनीतिक उपलब्धि प्राप्त गरे पनि आर्थिक समृद्धि अबको प्राथमिकता हुनुपर्ने उनको भनाइ छ। विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा जानुपर्ने लक्ष्य पूरा गर्न र दिगो विकासका लक्ष्य हासिल गर्न चुनौती रहेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
