४८ एसपी र १२० डीएसपीको सरुवा

कास्कीका एसपी अजय केसीलाई प्रहरी अंगरक्षक गण नक्साल सरुवा गरिएको छ। अंगरक्षक गणका काजीकुमार आचार्यलाई जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी पठाइएको छ।

काठमाडौँँ– नेपाल प्रहरीका ४८ जना प्रहरी उपरीक्षक (एसपी) र १२० जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को सरुवा भएको छ।

प्रहरी महानिरीक्षक (आइजीपी) वसन्त कुँवरले शुक्रबार एकैसाथ एसपी र डीएसपीको सरुवा गरेका हुन्।

सरुवा भएका एसपी र डिएसपीहरूले भदौ महिनादेखिको तलब भत्ता हाल सरुवा भएको दरबन्दीबाट खान पाउने व्यवस्था गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

कास्कीका एसपी अजय केसीलाई प्रहरी अंगरक्षक गण नक्साल सरुवा गरिएको छ। अंगरक्षक गणका काजीकुमार आचार्यलाई जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी पठाइएको छ।

यस्तै, प्रहरी वृत्त महाराजगन्जका डीएसपी अंगुर जिसीलाई काठमाडौँ जिल्ला प्रहरी परिसरको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा सरुवा गरिएको छ। 

त्यहाँ प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग कर्मचारी प्रशासन शाखामा कार्यरत डिएसपी अमरबहादुर थापालाई पठाइएको छ।

त्यस्तै लागू औषध नियन्त्रण ब्युरो मानवस्रोत व्यवस्थापन शाखा कोटेश्वरमा कार्यरत डीएसपी अनन्तराम शर्मालाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबार सरुवा गरिएको छ।

सरुवा भएका एसपीहरू:

सरुवा भएका डीएसपीहरू: