आगलागीबाट मिलको दुईतले पक्की भवनमा पूर्ण रूपमा क्षति पुगेको र दाल पिस्ने मेसिनमा पनि क्षति पुगेको छ।
दाङ– दाङको तुलसीपुर–६ स्थित गणपति तेल मिलमा आगलागी भएको छ। शनिबार बिहान साढे दुई बजेतिर भएको आगलागी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
आगलागी भएको जानकारी पाए लगत्तै स्थानीय र प्रहरीले ट्यांकरहरूको सहयोगमा आगो नियन्त्रणमा लिएका थिए। बिहान साढे चार बजे आगो नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक नवराज केसीले जानकारी दिए। आगलागीको कारण अझै खुलेको छैन।
आगलागीबाट मिलको दुईतले पक्की भवनमा पूर्ण रूपमा क्षति पुगेको र दाल पिस्ने मेसिन तथा तेल मिल पनि जलेको उनको भनाइ छ। आगलागीका कारण डेढ करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको प्रहरीले जनाएको छ।
उक्त तेल मिल तुलसीपुर क्षेत्रमा सबैभन्दा पहिले स्थापना भएको मिल हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
