लेखक प्रज्वलले दक्षिण एशियाली क्षेत्रमा विशेषगरी भारतीय उपमहाद्वीपभित्र समाजले वर्जित गरेका विषयलाई लेखनको प्राथमिकतामा राख्छन्।
काठमाडौँ– लेखक प्रज्वल पराजुलीको दोस्रो कृति ‘चित्रलेखाको चौरासी’ विमोचित भएको छ। यो पुस्तक लेखक पराजुलीको चर्चित कृति ‘ल्यान्ड ह्वेर आई फ्ली’को नेपाली अनुवाद हो। लेखक पराजुलीले शनिबार आफूले मन पराएका अर्का लेखक नारायण वाग्लेलाई पुस्तक उपहार दिएपछि सार्वजनिक भएको घोषणा गरिएको थियो।
अंग्रेजी पाठकहरूमा रुचाइएका लेखक पराजुलीको अघिल्लो पुस्तक लघुकथा संग्रह ‘द गुर्खाज डटर’ जस्तै यो उपन्यासले पनि समीक्षकको मन जित्न सफल भएको छ। “यो उपन्यासलाई मैले अंग्रेजी भाषामै पढिसकेकी थिएँ,” पुस्तकको समीक्षा गर्दै विमोचन समारोहमा लेखिका सगुना शाहले भनिन्, “कुशलतापूर्वक गरिएको नेपाली अनुवादमा भने यसका पात्र र परिवेशले अझ विविधता समेटेको पाएँ।”
सिक्किमवासी प्रज्वलले दक्षिण एशियाली त्यसमा पनि विशेषगरी भारतीय उपमहाद्वीपभित्र समाजले वर्जित गरेका विषयलाई लेखनको प्राथमिकतामा राख्छन्।
उनको पहिलो पुस्तक ‘द गुर्खाज डटर’ सन् २०१२ मा बेलायतबाट प्रकाशन भएलगत्तै ‘डिलन थोमस प्राइज’को मनोनयनमा पर्न सफल भएको थियो। त्यसयता प्रज्वल सन् २०१८ र २०२३ मा गरी दुई पटक त्यस पुरस्कारको निर्णायकसमेत रहिसकेका छन्।
“यो उपन्यास हजुरआमाको चौरासीका लागि संसारभरबाट भेला भएका सन्तानहरूको भोगाइमा आधारित छ,” समारोहमा लेखक प्रज्वलले भने, “त्यसैले अंग्रेजी पुस्तकमा प्रयोग गरिएको नाम ‘ल्यान्ड ह्वेर आइ फ्ली’भन्दा नेपाली अनुवाद पुस्तकको नाम ‘चित्रलेखाको चौरासी’ अझ बढी सान्दर्भिक महसुस गरेँ।”
यस पुस्तकलाई अंग्रेजी मूल कृतिबाट नेपाली भाषामा अनुवाद विभू लुइँटेलले गरेकी हुन्। विमोचन समारोहमा लेखक प्रज्वलसँग लेखिका सगुनाले संवादसमेत गरेकी थिइन्।
‘द गुर्खाज डटर’लाई सन् २०१५ मा ‘गोर्खाकी छोरी’ शीर्षकमा नेपाली भाषाका पाठकहरूसम्म ल्याएको पब्लिकेसन्स नेपालयले नै प्रज्वलको यो दोस्रो कृतिलाई पनि तयार पारेको हो। ३८८ पृष्ठको यस पुस्तकलाई पब्लिकेशन्स नेपालयले ८७५ रुपैयाँमा उपलब्ध गराएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
