एमाले अध्यक्ष ओलीले विरोधीलाई देखाउनका लागि भए पनि लुम्बिनी प्रदेशको नेतृत्वका लागि उच्चस्तरीय समझदारी आवश्यक रहेको बताए।
काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार रातिसम्ममा लुम्बिनी प्रदेश कमिटीको नेतृत्वमा सहमति जुटाउन नेताहरूलाई निर्देशन दिएका छन्। लुम्बिनी प्रदेशको प्रथम अधिवेशनलाई बुटवलमा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो निर्देशन दिएका हुन्।
“नेताहरू भरे बेलुका बस्नुहोस्, सबै साथीहरूलाई चित्त बुझ्ने समाधान निकाल्नुहोस्। भोलि बिहान म नै घोषणा गरिदिउँला केही छैन। तर समाधान निकाल्नुहोस्,” उनको निर्देशन थियो।
उनले लुम्बिनी प्रदेशमा एमालेका नेताहरूको लाइन रहेको उल्लेख गर्दै यस प्रदेशले नमूना प्रदर्शन गरेर देखाउनुपर्ने बताए। “तपाईंहरूले नमुनाको रूपमा काम गरिदिनुहुन्छ भन्ने मैले विश्वास लिएको छु,” उनले भने।
नेतृत्वका लागि चुनाव भए पनि फरक नपर्ने उनको भनाइ थियो। यद्यपि, उनले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनले देशप्रतिको अभिभारा पूरा गर्नका लागि उच्चस्तरीय एकता र लोकतान्त्रिक अभ्यास प्रदर्शन गर्ने विश्वास व्यक्त गरे। उनले विरोधीलाई देखाउनका लागि भए पनि लुम्बिनी प्रदेशको नेतृत्वका लागि उच्चस्तरीय समझदारी आवश्यक रहेको बताए।
“हामीले हाम्रा विरोधीहरूसँग एकताबद्ध भएर लड्नु छ। त्यसकारण हाम्रा साथीहरूलाई पनि यो पक्ष र त्यो पक्षमा विभाजित नगरौँ। अहिले यसै प्रदेशका उपाध्यक्ष र महासचिवका भनाइ मैले सुनेँ। उहाँहरू अत्यन्तै सुदृढ, एकताबद्ध भएर अगाडि जानुको विकल्प छैन भनिरहनु भएको छ भने उहाँहरूका नाममा अनावश्यक अभ्यास नगरौँ,” उनले भने।
सो क्रममा उनले छोटो समय एमालेले सरकारको नेतृत्व गर्दा हुँदा लुम्बिनीको विकासका सन्दर्भमा असाधारण काम भएको दाबी गर्दै लुम्बिनी असन्तुष्ट हुनुपर्ने ठाउँ नरहेको जिकिर गरे।
उनले वर्तमान सरकारप्रति भने तीव्र असन्तुष्टि व्यक्त गरे। सरकारमा बसेको व्यक्तिले कसका विरुद्ध जनता उतार्ने हो भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रश्नसमेत गरेका थिए। “सरकारले काम गर्ला र खाउँला भन्ने आस छैन। आस सकियो,” उनले भने, “सरकारमा बस्ने, काम नगर्ने, देशलाई असफल बनाउने, अर्थतन्त्र ध्वस्त पार्ने अनि एमालेका विरुद्ध जनता सडकमा उतार्ने यस्तो सरकार छ।”
उनले अहिले सरकारले काम गर्न नसकिरहेको र यो एमालेका लागि अवसर भएको पनि बताए। “म नेकपा एमालेका साथीहरूलाई भन्न चाहन्छु, हाम्रो निम्ति यो अवसरको कुरा हो। यो दश वटा पार्टी मिले पनि यिनीहरूले चलाउन सक्दैनन्। यिनीहरूसँग नीति, गन्तव्य, सोच र संकल्प छैन। त्यसकारण नेकपा एमाले उद्देश्यसहितको यात्रा एकताबद्ध भएर अगाडि बढाउनुपर्ने छ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
