महाशाखाका निर्देशक डा. रुद्रप्रसाद मरासनी पानी परिरहेकाले डेंगी संक्रमण दैनिक रूपमा बढिरहेको बताउँछन्।
काठमाडौँ– नेपालमा डेंगी संक्रमण बढिरहेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म डेंगी संक्रमण २१ हजार २०६ जनामा पुष्टि भएको छ।
महाशाखाले भदौ र असोजमा डेंगी संक्रमण उच्च हुने प्रक्षेपण गरेको थियो। संक्रमणबाट १३ जनाको निधन भएको छ। महाशाखाका निर्देशक डा. रुद्रप्रसाद मरासनीले पानी परिरहेकाले डेंगी संक्रमण दैनिक रूपमा बढेको बताए।
नेपालमा पहिलोपटक सन् २००४ मा एक जनामा डेंगी देखिएको थियो। सन् २०२२ मा ५४ हजार सात सय ८४ जनामा संक्रमण र ८८ जनाको मृत्यु भएको थियो।
सुनसरीमा मात्र ११ हजार बिरामी पुगे
संक्रमण देखिएकामध्ये सबैभन्दा बढी सुनसरी जिल्लामा देखिएको छ। महाशाखाका अनुसार सुनसरीमा ११ हजार ६५९ जनामा डेंगी संक्रमण देखिएको छ। सुनसरीपछि मोरङमा दुई हजार २४२, धादिङमा दुई हजार १०१, झापामा एक हजार ३२३, काठमाडौँमा ४२७, धनकुटामा ३३६, संखुवासभामा २७२, कास्कीमा २६०, दार्चुलामा १९४ र ललितपुरमा १७४ जना डेंगीका बिरामी भेटिएका छन्।
डेंगी पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुल लार्भा निस्कन्छ र त्यही लार्भा बयस्क भएर टोकेपछि डेंगी रोग लाग्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
