देशभर मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

देशभर आंशिकदेखि सामान्य बदली रही बागमती र गण्डकीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। 

काठमाडौँ– मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ।

साथै बंगालको खाडीको उत्तर–पूर्वी भागमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ। जसका कारण देशभर आंशिकदेखि सामान्य बदली रही बागमती र गण्डकीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थान तथा बाँकी भूभागमा हल्कादेखि मध्यम वर्षा हुनेछ।

मधेश, बागमती, गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा भने मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने महाशाखाले जनाएको छ। यसैबीच राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

कोशी, लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थानलगायत बाँकी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।