रसुवागढी नाकाबाट १ किलो सुनसहित १ जना पक्राउ

केरुङबाट अवैध रूपमा १ किलो सुन नेपाल भित्र्याउँदै लाग्दा गोसाईंकुण्ड गाउँपालिका–३ बृद्धिम की पाछेमु तामाङ प्रकाउ परेकी हुन्।

रसुवा–  रसुवाको मितेरी पुलबाट एक किलो सुनसहित शनिबार साँझ एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

गोसाईंकुण्ड गाउँपालिका–३ बृद्धिम की ४१ वर्षीया पाछेमु तामाङ प्रकाउ परेकी हुन्।

केरुङबाट अवैध रूपमा १ किलो सुन नेपाल भित्र्याउँदै लाग्दा रसुवागढी नाकामा सीमा सुरक्षाकर्मीले तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले जानकारी दिए। 

सुन ल्याउने तामाङ बिरामी परेकाले उपचारार्थ रसुवा अस्पताल भर्ना गरिएको बताइएको छ। यसबारे थप अनुसन्धान भइरहेको बुढाथोकीले बताए।