दोलखाबाट काठमाडौँ गइरहेको गाडी दुर्घटना: २ जनाको मृत्यु, ४ घाइते

शनिबार राति सुनकोसी गाउँपालिकाअन्तर्गत लामोसाँघु–जिरी सडकखण्डको पाँच किलो नजिकै दुर्घटना भएको हो। 

सिन्धुपाल्चोक– दोलखाबाट काठमाडौँ जाँदै गरेको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। अरू चार जना घाइते भएका छन्। 

बा१५च ९३७० नम्बरको गाडी (स्कार्पियो) शनिबार राति सुनकोसी गाउँपालिकाअन्तर्गत लामोसाँघु–जिरी सडकखण्डको पाँच किलो नजिकै दुर्घटनामा परेको हो।  

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार मृत्यु हुनेमा चालक उत्तमराज महर्जन र सिन्धुपाल्चोक बाह्रबिसेका बलबहादुर खत्री छन्।  

गाडी सडकबाट करिब ३०० मिटर तल खसेको थियो। स्थानीय र प्रहरीले दुर्घटनाका घाइतेलाई  उपचारका लागि धुलिखेल पठाएका छन्।