दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सर्लाहीका २१ वर्षीय राज भट्टराई र सशस्त्र प्रहरी बल सिनामंगलमा कार्यरत २५ वर्षीय उषा थापाको उपचारका क्रममा मृत्यु भएको हो।
काठमाडौँ– काठमाडौँको पेप्सीकोलामा सवारी दुर्घटनामा परी घाइते भएका १४ जनामध्ये दुई जनाको मृत्यु भएको छ।
जडीबुटीदेखि पेप्सीकोलातर्फ जाँदै गरेको क्षेत्रीय उपत्यका बस व्यवसायी संघको बस र विपरीत दिशाबाट आएको जिप आइतबार बिहान ठोकिँदा दुर्घटना भएको थियो।
दुई गाडी ठोकिँदा स्कुटर र मोटरसाइकलसमेत दुर्घटनामा परेका थिए। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, एसपी कुमोद ढुंगेलले दुर्घटनामा घाइते भएकामध्ये दुई जनाको अस्पतालमा मृत्यु भएको जानकारी दिए।
मृत्यु हुनेमा मोटरसाइकल चालक सर्लाहीका २१ वर्षीय राज भट्टराई र सशस्त्र प्रहरी बल सिनामंगलमा कार्यरत २५ वर्षीय उषा थापा छन्। दुर्घटनामा संलग्न बस चालक रामेछापका २४ वर्षीय जनक राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
अन्य घाइतेको निजामती कर्मचारी अस्पताल र मदरल्यान्ड अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
