मुलेट भनेको टाउकोको अगाडि र छेउछाउको कपाल छोटो पारेर पछाडिको कपाल मात्र राख्ने तरिका हो। गिनिज वर्ल्ड रेकर्डका अनुसार ५८ वर्षीया म्यानिसले ३३ वर्ष लगाएर यति लामो मुलेट तयार पारेकी हुन्।
अमेरिकाकी एक महिलाले संसारकै सबैभन्दा लामो ‘फिमेल मुलेट’को रेकर्ड राखेकी छन्। अमेरिकाको टेन्निसी राज्यकी टमी म्यानिस नाम गरेकी महिलाले पाँच फीट ८ इन्च लामो मुलेट कपाल राखेर गिनिज वर्ल्ड रेकर्डमा नाम दर्ता गराएकी हुन्।
मुलेट भनेको टाउकोको अगाडि र छेउछाउको कपाल छोटो पारेर पछाडिको कपाल मात्र राख्ने तरिका हो। यो स्टाइल महिला भन्दा पनि युवाहरूमाझ बढी लोकप्रिय छ। गिनिज वर्ल्ड रेकर्डका अनुसार ५८ वर्षीया म्यानिसले ३३ वर्ष लगाएर यति लामो मुलेट तयार पारेकी हुन्।
८० को दशकमा चर्चा बटुलेको स्टाइल हो मुलेट। त्यतिबेला टिल ट्युज्डेको भ्वाइस क्यारी भिडियो हेरेपछि आफूलाई पनि त्यस्तै कपाल पाल्ने प्रेरणा मिलेको म्यानिसले बताएकी छन्। बीचमा १८८९ मा आफ्नो मुलेट नराख्ने निर्णय गरिन्। तर पछि उनलाई पछुतो लाग्यो र १९९० फेब्रुअरी ९ मा फेरि मुलेट स्टाइल काटिन्।

मुलेट आफूभन्दा लामो भएका कारण उनले त्यसलाई बाँधेर राख्ने गरेकी छन्। तर कहिलेकाहीँ पार्टी तथा समारोहमा फुकाएरै गए पनि अगाडिबाट त कसैले देख्दैनन्। तर जब फछाडिबाट नजर पर्छ अनि मानिसहरूले उनलाई अनेक प्रतिक्रिया दिन थाल्छन्। साथीहरू तथा आफन्तहरूको कुरा गर्ने बहाना नै त्यही कपाल भइन्छ।
"साथीहरूसँगकाे भेटमा कपालकाे चर्चा भइहाल्छ," उनी भन्छिन्, "पार्टीहरूमा जाँदा धेरैजसोले त मेरो यति लामो कपाल छ भनेर तब मात्र थाहा पाउँथे जब म दायाँबायाँ फर्किन्थेँ।"
उनले यति लामो कपालले आफूलई अप्ठेरो महसुस नहुने बताएकी छिन्। उनले यो हेयर स्टाइललाई कायम राखिराख्ने बताएकी छन्। बाँधेर राखेको कपाल फुकाएपछि अद्भूत अनुभूति हुने उनको भनाइ छ। उनले वंशाणुगत कारणले आफ्नो कपाल लामो भएको हुनसक्ने बताएकी छन्।
अमेरिकामा मुलेट प्रतियोगितासमेत हुनेगर्छ। मुलेटको आकार, स्टाइल आदिको आधारमा मूल्यांकन हुने उक्त प्रतियोगितामा अघिल्लो वर्ष म्यानिसले दोस्रो स्थान प्राप्त गरेकी थिइन्। त्यही वर्ष उनी गिनिज वर्ल्ड रकेर्डको नजरमा परेकी थिइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
